२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 1.03

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मी नआउँदा मेडिकलमा उपचार



अ+ अ-

मुगु, ८ पुस ।

जिल्लाको पश्चिम क्षेत्र खत्याड भेगको ह्याँग्लु गाविसमा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा आउन छोडेपछि त्यहाँका स्थानीयवासी निजी मेडिकलबाट औषधि किन्न र उपचार गराउन बाध्य भएका छन् । ह्याँग्लु गाउँमा रहेको स्वास्थ्य चौकीका इन्चार्ज टक्कबहादुर डाँगर महिनाको एकपटक मात्र स्वास्थ्य चौकीमा आउने गरेको तथा चौकीका ग्रामीण स्वास्थ्य कार्यकर्ता चन्द्रबहादुर बुढाले स्वास्थ्य चौकीमा नगएर गाउँमा नै मेडिकल चलाएर बस्न थालेपछि स्वास्थ्य केनद्रमा पुग्ने बिरामीले सामान्य परामर्श सेवासमेत पाउन नसकेको ह्याँग्लु–३ की सङ्गीता रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो–“गाउँमा स्वास्थ्य चौकी छ तर सधैँ बन्द हुन्छ । कर्मचारी आउँदैनन्, महिनाको एकचोटि आउने स्वास्थ्यकर्मी पुगेका बेला औषधिसमेत छैन । हामी निजी मेडिकलमा औषधि गर्न बाध्य छौँ ।” चौकीमा कार्यरत ग्रामीण स्वास्थ्य कार्यकर्ता बुढा उही गाउँमा भए पनि स्वास्थ्य चौकीमा नगएर आफ्नो मेडिकल मात्र चलाएर बस्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । ह्याँग्लु गाविसबाट मात्र नभएर बिरामीहरू छिमेकी जिल्ला बाजुराका रुगिन, बिच्छियाबाट समेत बिरामी आउने गरेका र स्वास्थ्यकर्मी नभेट्दा सुकाढिक, रातापानीमा सञ्चालन गरिएका निजी मेडिकलमा जाने गरेको स्थानीयहरू बताउँछन् । स्वास्थ्यकर्मी स्वास्थ्य केन्द्रमा नबसेको भन्ने कुरा बुझेर तत्काल स्थानीयवासीलाई स्वास्थ्य सेवा प्रवामा सहजता ल्याइने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।