२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.66

Wind: 2.06

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

चरचरे रोगबाट चौध पशु चौपाया मरे



अ+ अ-

दार्चुला, ९ पुस ।

दार्चुलाको ब्रह्मदेव–२ बोहरी गाउँमा एक सातादेखि देखिएको चरचरे रोगका कारण १४ पशु चौपाया मरेका र अन्य दर्जनाँै पशु चौपायामा रोगको सङ्क्रमण देखिएको छ । रोग नियन्त्रणका लागि जिल्लाबाट बोहरी गाउँमा पशु प्रविधिको टोली पठाइएको जिल्ला पशु सेवा कार्यालयको भानाइ छ । जिल्लाको लेकम क्षेत्रमा केही दिनदेखि नै खोरेत रोगको सङ्क्रमण देखिएको जिल्ला पशु सेवा कर्यालयका पशु चिकित्सक मनोजकुमार शाहीले बताउनुभयो ।

पर्याप्त स्रोतसाधन अभावका कारण जिल्लामा पशु चौपायामा देखिने रोगको नियन्त्रण हुन नसकेको पशु चिकित्सक शाहीले बताउनुभयो । हाल दार्चुला जिल्ला पशुसेवा कार्यालयसहित छवटा पशुसेवा केन्द्र र सातवटा पशु उपसेवा केन्द्र गरी १४ ठाउँबाट सेवा प्रदान गर्दै आएको छ ।