३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.89

Wind: 1.03

Humidity: 82

Latest
पूर्वराजालाई संसदीय समितिमा बोलाउन संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा राप्ती नदीमा डुबेर युवतीको मृत्यु एकीकृत समाजवादीद्वारा स्थानीय समस्या समाधानमा केन्द्रित हुन निर्देशन समाजवाद निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन मकालुमा लेक लागेर चिकित्सकको मृत्यु ‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मादनकुँडारीमा बृहत् स्वास्थ्य शिविर



अ+ अ-

 

काभ्रे , १४ पुस ।

श्रीस्वस्थानी माध्यमिक विद्यालय मादनकुँडारी, वासुदेवप्रसाद जोशी प्रतिष्ठान भक्तपुर, नेपाल क्षयरोग निवारण संस्था भक्तपुर, शिवशक्ति सेवा समाज बानेश्वर र पिन नेपाल कालीमाटीको संयुक्त आयोजनामा काभ्रेको मादनकुँडारीमा दुईदिने स्वास्थ्य शिविर सुरु भएको छ । काभ्रे जिल्लाको कोसी पूर्वस्थित अति विकट स्थान मादनकुँडारी गाविस–२ स्थित श्री स्वस्थानी माविको प्राङ्गणमा भएको उक्त शिविरमा आँखा, स्त्री, बालरोग, हाडजोर्नी, क्षयरोग तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा तीनवर्षे बालबालिकादेखि ८६ वर्षसम्मका स्थानीय व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । आयोजक संस्था वासुदेव स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मणशरण जोशीले शिविरमा आएका बिरामीका लागि आवश्यक औषधि तथा चश्मासमेत निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो । शिविरमा काभ्रे जिल्लाका फलाँटे, कोलाती, कात्तिकेदेउराली, गोठपानी, माझीफेदा, पोखरी चौरी, धुसेनी शिवालय, मादन कुँडारी, ठूलो पर्सेल, पोखरीनारायणस्थान, मेच्छे चापाखोरी, सस्र्यूखर्क गाविस तथा रामेछाप जिल्लाका बेथान गाविस, गुन्सी भदौरे, लखनपुर रिस्ठ्ठेलगायत गाविसका बासिन्दा सहभागी भएको स्वस्थानी माविका प्रधानाध्यापक आशाराम लामाले जानकारी दिए ।

विकट ठाउँ भएका कारण अस्पताल तथा स्वास्थ्य चौकीको अभावले गर्दा निःशुल्क स्वास्थ्य शिविरले यहाँका बासिन्दालाई ठूलो राहत मिलेको स्वस्थानी मावि भवन निर्माण कमिटीका संयोजक नमस्कार लामाले खुसी साथ व्यक्त गर्नुहुन्छ । दुईदिने शिविरको पहिलो दिन नै करिब ६०० जनाको स्वास्थ्य परीक्षण भइसकेको र आइतबारसम्ममा करिब एक हजार पुग्ने अनुमान गरिएको छ । यहाँका अधिकांश जनताको एउटै आवाज छ यस क्षेत्रमा एउटा अस्पताल आवश्यक छ, तर सम्बन्धित निकाय र सरकारको ध्यान जान सकिरहेको छैन र यहाँका जनताको आर्थिक अवस्थाले अस्पताल खोल्न सक्ने अवस्था देखिँदैन ।  रामेछाप जिल्लाको सिमानामा पर्ने मादनकुँडारी गाविस बनेपादेखि करिब ६३ किलोमिटर पूर्वमा रहेको छ ।