• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

सिड्नी संस्करणको धन्यवाद ज्ञापन समारोह हुँदै



सिड्नी । नेपाल नेपाल फेष्टिवल २०१४ अन्तरगत सिड्नी संस्करणको धन्यवाद ज्ञापन समारोह आयोजना गरिँदैछ । समारोह सिड्नीको नर्टन स्ट्रीटस्थित पुलिस क्लवमा यही अक्टुबर १२ मा हुँदैछ ।

फेष्टिवलको सिड्नी संस्करणलाई भव्यताका साथ सफल पार्न सहयोग गर्ने विभिन्न महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्न कार्यक्रम आयोजना गरिएको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष हरि राम्जालीले अनलाईन चौतारीलाई जानकारी दिए ।
यसअघि नेपाल फेष्टिवल पश्चिम अष्ट्रेलियाको पर्थमा सम्पन्न भइसकेको छ । नेपाल फेष्टिवल २०१४ को मेलवर्न संस्करण आगामी नोवेम्वर २ मा हुँदैछ ।