• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी ★   रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश ★   सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित ★   हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ? ★   भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा ★   संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा ★   पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम ★   बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने ★   चितुवाको आक्रमणबाट एक जना घाइते

राजधानीका नाकामा द्वन्द्वकालमा जस्तै चेकिङ



काठमाडौं, २० कार्तिक । आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ । बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई प्रहरीले उपत्यका छिर्ने नाकामा द्वन्द्वकालको झल्को आउने गरी चेकिङ गर्न थालेको छ ।
प्रहरीले नागढुंगा, फर्पिङ, जागती र बालाजु नाकामा सवारीसाधनबाट सबै यात्रुलाई झारेर चेकिङ गर्न थालेको छ । तालिमप्राप्त कुकुरले सहयोगमा प्रहरीले बसमा खानतलासी गर्नुका साथै शरीर जाँच गर्छ । सर्वसाधारणले भने सुरक्षाका नाममा प्रहरीले दुःख दिएको गुनासो गर्न थालेका छन् ।

सार्क सम्मेलनको सुरक्षालाई चुस्त बनाउन कडाइका साथ चेकिङ गर्नुपरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए । खासगरी तराईका जिल्लाबाट राजधानी आउने बसहरुमा प्रहरीले बढी निगरानी राख्ने गरेको छ ।

थानकोट प्रहरी वृत्तका डिएसपी प्रवीण धितालले सबै बसहरुमा चेकिङ हुने, तर तराईका जिल्लाबाट आउने बसमा थप निगरानी राखिएको बताए । चेकिङकै लागि महानगरीय प्रहरी आयुक्त कार्यालयले थानकोट वृत्तमा थप २० प्रहरी खटाएको छ । फर्पिङ, जागती र बालाजु पनि प्रहरीले जनशक्ति बढाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।