६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी रत्यौंली नाचे नायीकाहरु (भिडियो सहित)



अ+ अ-

स्वर्गिय निर्देशक आलोक नेम्वाङद्वारा निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ को रत्यौली गीत सार्वजनिक गरिएको छ । बिहेको महिना मंसिरलाई मध्यनजर गर्दै ‘चमक चमक’ बोलको रत्यौंली गीत सार्वजनिक गरिएको अभिनेता समेत रहेका निर्माता सुदर्शन थापाले बताए । ।

गीतमा अभिनेता सुदर्शन थापा र पूजा शर्माको बिहे भइरहेको देखाइएको छ । उनीहरुको बिहेमा सुरक्षा पन्त, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा लगायतका कलाकारले नाचेँका छन् । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको यस गीतमा मनिष पोखरेल र रीता बुढाथोकीको स्वर रहेको छ ।

पूनम गौतम र सुदर्शन थापाले निर्माण गरेको यो चलचित्र फागुन १५ गते रिलिज हुँदैछ । रामशरण पाठकको लेखन रहेको यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जानकारी दिएको छ ।