• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ ★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान

नेपालमा २२ देखि २५ हजार चिकित्सकको खाँचो



पोखरा, ३ मंसिर । नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अञ्जनीकुमार झाले हालको जनसङ्ख्या अनुसार नेपालमा २२ देखि २५ हजार चिकित्सकको खाँचोपर्ने बताएका छन् ।

नेपाल चिकित्सक सङ्घ गण्डकी शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एक करोड जनसङ्ख्या हुँदा व्यवस्था गरिएको चिकित्सकको दरबन्दी अहिले पनि यथावत रहेको बताउँदै उनले हाल एक हजार ३०० मात्रै चिकित्सक भएकाले जनतामा चिकित्सकको पहुँच पु¥याउन नसकिएको धारणा राखे ।

हाल जनसङ्ख्या तीनगुणा बढेको बताउँदै अध्यक्ष झाले एक चिकित्सकले दिनमा सातदेखि १० जना बिरामीको स्वास्थ्य परीक्षण गर्न पायो भनेमात्रै जनताले राम्रो उपचार पाउन सक्ने विचार व्यक्त गरे । देशको वर्तमान परिस्थिति एवम् स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको न्यूनीकरणका लागि सङ्घको अगुवाइमा गरिएका आन्दोलनमा नेपाल सरकारसँग विभिन्न समयमा भए गरेका सम्झौता पनि पूरा हुन नसकेको कार्यक्रममा जानकारी दिइयो । सरकारी तथा निजी क्षेत्रबाट काठमाडौँलाई मात्रै केन्द्रित गरी मेडिकल कलेज खोल्ने प्रवृत्ति बढेको र यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको थियो ।