• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै ★   अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै ★   बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने ★   गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ★   नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्ने ★   सार्वजनिक खरिद नियमावलीले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन : प्रधानमन्त्री ★   हार्दिक पाण्ड्यासँग किन रिसाए मालिंगा ?

सार्कमा सुरक्षाका लागि २८ हजार सुरक्षाकर्मी



काठमाडौं, ८ मंसिर । १८औँ सार्क सम्मेलनका लागि २८ हजार सुरक्षाकर्मी खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई सार्क अवधिभर एकीकृत रूपमा परिचालन गरिनेछ ।
नियमित गस्ती, चेकिङ लगायतको प्रमुख जिम्मेवारी प्रहरीलाई दिइएको छ भने भिभिआइपीको सुरक्षा जिम्मा सेनालाई दिइएको छ । सेनाका उपरथी पवनजंग पाण्डेको नेतृत्वमा सैनिक मुख्यालयमा कमान्ड पोस्ट एक महिनाअघि नै स्थापना गरिएको थियो । सो कमान्ड पोस्टमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका एआइजीहरू छन् । यो टिमले समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।
सामान्य अवस्थामा सेनालाई ब्यारेकबाट नलिकाल्ने भए पनि सार्क सम्मेलनका लागि राजधानीमा सेनाले नियमित गस्ती गर्दै छ । त्यस्तै सशस्त्र प्रहरीले पनि गस्ती गर्दै छ । सम्मेलनमा आउने सार्कका सदस्य राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्री र उनीहरूको परिवारको सुरक्षाको जिम्मेवारी पूर्ण रूपमा सेनालाई दिइएको छ ।
अर्थले खाना खर्च दिएन
सार्क सम्मेलनमा सुरक्षाकर्मीले निरन्तर १२ घन्टाभन्दा धेरै खटिनुपर्ने भएकाले उनीहरूलाई दैनिक चार सय भत्ता दिन प्रस्ताव गरिएको छ । तर, आइतबारसम्म पनि अर्थ मन्त्रालयले बजेट दिएको छैन । बजेट नदिँदा समस्या भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
मुस्लिम नागरिकहरूमाथि धरपकड
सार्क सुरक्षाका नाममा सुरक्षा निकायले राजधानीलगायत ठाउँमा मुस्लिम नागरिकहरूमाथि धरपकड गर्न थालेको छ । सर्वसाधारणलाई अनुसन्धानका लागि भन्दै पक्राउ गर्ने र थुन्ने काम भएको छ ।
तीन दिनअघि महानगरीय प्रहरी वृत्त सिंहदरबारले एक युवालाई विनाकारण एक रात थुन्यो । खाँ थरका ती युवालाई सिंहदरबार वृत्तका डिएसपी सन्तोष खड्का नेतृत्वको टोलीले बागबजारबाट पक्राउ गरेको थियो । एक रात थुनेर मानसिक यातना दिई उनलाई छाडिएको थियो । केही दिनयता प्रहरीले काठमाडौंमा अनुसन्धानका लागि भन्दै दैनिक मुस्लिम नागरिकहरूलाई पक्राउ गर्दै आएको स्रोत बताउँछ ।
आसन्न सार्क सम्मेलनमा मुस्लिम अतिवादी समूहहरूको घुसपैठ हुनसक्ने आशंकामा प्रहरीले उनीहरूमाथि बढी निगरानी गरेको छ । एक महिनाअघिदेखि नै विदेशबाट आउने मुस्लिमहरूमाथि निगरानी राखिँदै आएको छ । उपत्यकाका नाकाहरूमा पनि उनीहरूमाथि थप चेकजाँच गरिएको छ ।
नेपाल प्रहरीको विशेष ब्युरो (एसबी)ले सम्भावित विदेशी आतंकवादी समूहका सदस्यहरू आउन सक्ने भन्दै निगरानी बढाएको हो । विमानस्थलबाट आउने सबै विदेशीहरूको रेकर्ड लिएर प्रहरीले उनीहरू बस्दै आएका होटेलमा समेत निगरानी गर्दै आएको छ । सडकमा सरप्राइज चेकिङदेखि होटेलहरूमा समेत प्रहरीले छापा हान्ने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।