• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव ★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

आर्यन र केकी उत्कृष्ट, महशुसलाई ६ विधामा अवार्ड



फाईल फोटो (नेफ्टा अबार्ड ग्रहण गर्दौ अभिनेत्री केकी अधिकारी)

कामना मासिक पत्रिकाले पहिलो पटक सिजी इन्टरटेन्मेन्टसँगको सहकार्यमा आयोजना गरेको सिजी कामना फिल्म अवार्ड २०७१मा आर्यन सिग्देल र केकी अधिकारीले चलचित्र महशुस बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका छन् । अभिनेता सिग्देल हप्ता दिन अघि मात्र अप्रेशन गरेको खुट्टालाई बैशाखीको साहाराले अवार्ड लिन पुगेका थिए भने केकी अष्ट्रेलिया रहेकाले अवार्डमा सहभागी हुन सकिनन् । त्रिभुवन आर्मी अफिसर्स क्लबको हलमा आयोजित अवार्ड समारोहमा नवल नेपालले महशुसबाटै उत्कृष्ट निर्देशकको अवार्ड थापे भने उत्कृष्ट चलचित्र पनि यही नै घोषित भयो ।

अवार्ड समारोहको शुरूवात पुरानादेखि नयाँ पुस्ताका कलाकारको नृत्यबाट भएको थियो । अभिनेताहरु भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, रमेश उप्रेतीसँगै अहिलेका चर्चित बाल कलाकार अनुभव रेग्मीले पुरानादेखि नयाँ गीतमा नृत्य गरे । उनीहरुलाई भुवन चन्द, गौरी मल्ल, शर्मिला मल्ल, चैत्य देवी, झरना थापा, करिश्मा मानन्धर, ऋचा शर्मा, नम्रता सापकोटा र बाल कलाकार सुज्ञानी भट्टराइले साथ दिए ।

अवार्डको सुरुवातमा नै कलाकारिता तर्फबाट कीर्तिमाया दीर्घ योगदान सम्मानबाट कलाकार हरीप्रसाद रिमाललाई १ लाख नगद सहित सम्मानित गरियो । यस्तै प्रविधीतर्फको कीर्तिमाया दीर्घ योगदान सम्मानबाट छायांकार बैकुण्डमान मास्केलाई नगद १ लाख सहित सम्मानित गरियो ।अवार्ड कार्यक्रममा नेपाली चलचित्रमा लाग्दा लाग्दै निधन भएका कलाकारहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । अभिनेत्री गौरी मल्लले स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पछिल्लो चलचित्र कोहिनुरको शिर्ष गीतको म्यूजिकमा दियो बाल्दै नृत्य गरेकी थिइन् । उनलाई अन्य केही कलाकारले साथ दिए ।

कुल २६ विधामा प्रदान गरिएको अवार्डमा चलचित्रमहशुस हाबी देखियो । यो चलचित्रले ६ वटा विधामा अवार्ड जित्यो । अवार्ड जित्ने चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छ ।

१.उत्कृष्ट श्रृङ्गार : निमा लामा (धन्दा)
२. उत्कृष्ट साउण्ड डिजाइनर : उत्तम न्यौपाने (मौन)
३. उत्कृष्ट छायांकार : हरी हुमागाँइ (होस्टेल)
४.उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (होस्टेल)
५.उत्कृष्ट द्वन्द्व : सूर्य थोकर (लभ फरेभर)
६. उत्कृष्ट ब्याकग्राउन्ड स्कोर : रोहित शाक्य (मौन)
७. उत्कृष्ट नृत्य : कविराज गहतराज (काली)
८. उत्कृष्ट कथा : प्रविण श्रेष्ठ (मोक्ष)
९. उत्कृष्ट पटकथा : नवल नेपाल (महशुश)
१०. उत्कृष्ट संवाद : राजन कठायत र प्रज्ञान थापा (मोक्ष)
११. उत्कृष्ट नव–नायिका : प्रकृती श्रेष्ठ (होस्टेल)
१२. उत्कृष्ट नव–नायक : कोशिश श्रेत्री (मोक्ष)
१३. उत्कृष्ट पाश्र्व–गायक : प्रेम परियार (नाइ नभन्नु ल २)
१४. उत्कृष्ट पाश्र्व–गायिका : रजिना रिमाल (नाई नभन्नु ल २)
१५. उत्कृष्ट हाँस्य कलाकार : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट खलपात्र : मनोज आर.सी (मधुमास)
१७. उत्कृष्ट बाल–कलाकार : अनुभव रेग्मी (नाई नभन्नु ल २)
१८. उत्कृष्ट नव–निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१९. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
२०. उत्कृष्ट संगीतकार : गैरे सुरेश (नाई नभन्नु ल २)
२१.उत्कृष्ट सह–अभिनेत्री : वेनिशा हमाल (महशुस)
२२. उत्कृष्ट सह–अभिनेता : गौरव पहारी (होस्टेल)
२३. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुस)
२४. उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुस)
२५. उत्कृष्ट निर्देशक : नवल नेपाल (महशुस)
२६.उत्कृष्ट चलचित्र (महशुस)