• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

मनोजले ल्याए एकैसाथ तीन एल्बम



गायक तथा संगीतकार मनोज साङसोनले एकै साथ तीनवटा एल्बम प्रकाशनमा ल्याएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अथिति पूर्वअर्थमन्त्री एवं गीतकार शंकर कोइरालाले गायक तथा संगीतकार साङसोनका ‘नोस्टालजिया’, ‘माया नमार्नू है’ र ‘अनमोल’ को लोकार्पण गरे ।
‘नोस्टालजिया’मा संगीत तथा शब्द गायक साङसोनकै छ भने ‘माया नमार्नू है’मा लीला राईको एकल स्वर र साङसोनको एकल संगीत छ । यस एल्बममा सचित राई, पदम राई, चन्द्रप्रभात राई, राजन साम्पाङ, निराजन बतास र तिलक वालाहाङ राईको शब्द समेटिएको छ ।

चन्द्रप्रभात राईको एकल शब्द तथा आफ्नो संगीतमा उनले ‘अनमोल’ एल्बम प्रकाशनमा ल्याएका हुन् । यस एल्बमका गीतहरूमा राजेशपायल राई, अन्जु पन्त, विजय राई, मतिराम राई, सुविका राईलगायतको स्वर सुन्न सकिन्छ । यी एल्बम साङसोनका ११औँ, १२औँ र १३औँ एल्बम हुन् ।
नेपाली वाङमय परिषद्द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोइरालाले मनोजको संगीत अब्बल रहेको बताए । उनले संगीत–कर्मलाई निरन्तरता दिन सुझाव दिँदै ‘नोस्टाल्जिया’का गीत सुन्दा मनोजलाई आफूले ‘नदीजस्तो बगेको’ पाएको बताए । कार्यक्रममा संगीतकार शान्तिराम राई, समालोचक महेश पौड्याल, पत्रकार पदम वालाहाङ राई, गीतकार श्याम तमोट, प्राज्ञहरू उदय श्रेष्ठ र माधव प्रधानले मनोजको सांगीतिक कार्यको प्रशंसा गर्दै उनले यस क्षेत्रमा नेपाली मौलिकता दिन खोजेको उल्लेख गरेका थिए ।
‘हामीले विश्वलाई चिनाउनुपर्ने धेरै कुरा छन् । हामीसँग मौलिक भाषा, धर्म, संस्कृति तथा संस्कारहरू छन्’, नोस्टाल्जिया एल्बमका गीतको अंग्रेजी अनुवाद समेत गरेका पौड्यालले भने, ‘पूर्वी पहाडमा प्रचलित किरात सभ्यतालाई सांगीतिक क्षेत्रमार्फत मनोजजीले सशक्त रुपमा अगाडि बढाउनुभएको छ ।’