• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने ★   आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती ★   पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि ★   ८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु ★   बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी ★   इरानमा विस्फोट, इजराइलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ ★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु

उन्नति माइक्रो फाइनान्सद्वारा वित्तीय कारोबार सुरु



रुपन्देही, २६ मंसिर । रुपन्देहीको पड्सरीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रो फाइनान्स वित्तीय कम्पनील आफ्नो कारोबार सुरु गरेको छ । मुलुकमा व्याप्त गरिबी न्यूनीकरणका लागि टेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको फाइनान्सको नेपाल राष्ट्र बंैक सिद्धार्थनगरका व्यवस्थापक हरिशरण केसीले उद्घाटन गरे ।

लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वतलगायत १० जिल्लामा फाइनान्सले कारोबार क्षेत्र पाएको छ । आजदेखि केन्द्रीय कार्यालयबाट कारोबार सुरु गरिएको अध्यक्ष भरतकुमार शाहले जानकारी दिए ।

फाइनान्सको उद्घाटनपछि बोल्दै राष्ट्र बंैकका व्यवस्थापक केसीले गरिबी निवारणका लागि माइक्रो फाइनान्सले ठूलो टेवा पु¥याउने बताए । उनले माइक्रो फाइनान्स आम नागरिकसँग प्रत्यक्षरुपमा पुगेर कारोबार गर्ने भएकाले गरिबी निवारण र रोजगार प्रदान गर्न ठूलो टेवा पुग्ने बताए ।

सो अवसरमा पूर्णिमा विकास बंैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ, फाइनान्सका रामकृष्ण खाँणलगायतले बोल्दै साना किसान र सानो पुँजी भएकालाई सहयोग गर्नुपर्ने बताए ।