• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान ★   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग प्रतिस्पर्धा गर्दै ★   पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्यायो, २६२ रनको लक्ष्य भेट्टायो ★   इलाम र बझाङमा आज उपनिर्वाचन : ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान ★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर)

आदीवासी जनजातिले मार्चपास गर्ने



काठमाडौं, ३ मंसिर । आदीवासी जनजातिले राजधानीमा मार्चपास गर्ने भएका छन् । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको आयोजनामा राजधानीमा आदीवासी जनजातिको मार्चपास हुने भएको हो ।
पौष ४ गते शुक्रबार दिनको १२ बजे देखि नागरिक समाजका अगुवा तथा मानवअधिकारवादी नेता श्री पद्मरत्न तुलाधरको नेतृत्वमा माइतिघर मण्डलादेखि बानेश्वर चोकसम्म मार्चपास गरिने भएको छ ।
पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि मार्चपास कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
पहिचान सहितको संविधान तोकिएको समयभित्र जारी गर्नका लागि दवाब दिने भन्दै गर्न लागिएको मार्चपासमा सहभागी हुन सङ्घीय समाजवादी पार्टी, नेपाल लगायत आदीवासी जनजाति सम्बद्व नेताहरुले अपिल गरेका छन् ।