• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा ★   किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ? ★   म्यान्चेस्टर युनाइटेडको सहज जित ★   लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध ★   आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो ★   बालेनको कडा टिप्पणी : जनावर उपहार दिनु वा बेच्नु कति कानुनसम्मत ? ★   छिन्नलता गीत पुरस्कार घोषणा

आदीवासी जनजातिले मार्चपास गर्ने



काठमाडौं, ३ मंसिर । आदीवासी जनजातिले राजधानीमा मार्चपास गर्ने भएका छन् । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको आयोजनामा राजधानीमा आदीवासी जनजातिको मार्चपास हुने भएको हो ।
पौष ४ गते शुक्रबार दिनको १२ बजे देखि नागरिक समाजका अगुवा तथा मानवअधिकारवादी नेता श्री पद्मरत्न तुलाधरको नेतृत्वमा माइतिघर मण्डलादेखि बानेश्वर चोकसम्म मार्चपास गरिने भएको छ ।
पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि मार्चपास कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
पहिचान सहितको संविधान तोकिएको समयभित्र जारी गर्नका लागि दवाब दिने भन्दै गर्न लागिएको मार्चपासमा सहभागी हुन सङ्घीय समाजवादी पार्टी, नेपाल लगायत आदीवासी जनजाति सम्बद्व नेताहरुले अपिल गरेका छन् ।