• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

बाटो भत्कदा आवतजावत बन्द



जाजरकोट, ३० पुस । जाजरकोटको उत्तर पूर्वी क्षेत्रमा पर्ने जाजरकोट डोल्पा जाने बाटोअन्तर्गत लहाँको खारास्थित बाटो भत्किएपछि आवतजावत बन्द भएको छ ।

पचास मिटर बाटो भत्किएर नलगाड नदीमा मिसिएपछि कडा चटानले बनेको यो भूभागमा वैकल्पिक बाटो नहँुदा आवतजावत बन्द भएको छ ।

यो बाटो भएर जुम्ला जाजरकोटका सक्ला, नायकवाडा, रोकायगाउँ र रामीडाँडालगायतका गाविसका स्थानीय मर्कामा परेका छन् । बाटो भत्किएपछि तीनवटा खच्चड मर्नुका साथै दुई स्थानीय घाइते भएको शिक्षक दिनेश ओलीले जानकारी दिए ।

उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय कालिमाटीले दिएको जानकारीअनुसार भत्किएको बाटो निर्माण गर्न करिब रु तीन लाख लाग्ने छ ।