२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ ३ र ५ गतेको नेपाल बन्द फिर्ता



अ+ अ-

काठमाडौं, ३० पुस । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादीले आब्हान गरेको दुई वटै नेपाल बन्द फिर्ता भएको छ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले माघ ५ गते र नेकपा–माओवादीले माघ ३ गतेका लागि तय गरेको नेपाल बन्द फिर्ता लिएका हुन ।
एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पदमरत्न तुलाधर वीच आज (बुधवार) भएको संयुक्त बैठकले दुबै दिनको नेपाल बन्द फिर्ता लिएर माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द गर्ने निर्णय गरेको हो ।
प्रचण्डका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुडामणि खडकाले माघ ३ र ५ गतेका लागि घोषित नेपाल बन्द फिर्ता लिएर माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।




भर्खरै