६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानको प्रक्रियामा जाने काङ्ग्रेस एमालेको निश्कर्ष



अ+ अ-

काठमाडौं, ३० पुस । प्रमुख दुई सत्तारुढ दलहरु नेपाली काङ्ग्रेस र नेकपा एमालेले मतदानको प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने निश्कर्ष निकालेका छन् ।
आज बसेको दुई दलको बैठकले सहमति नभएको र नहुने ठहर गर्दै मतदानको प्रक्रियाबाट नै संविधान जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।
बैठकले सहमतिको प्रयास भने जारी राख्ने निर्णय गरेको नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । बैठकपछि उनले संविधानका विवादित विषयमा सहमति गर्न प्रयास भएपनि मतदानको प्रक्रियामा जाने बारेमा बैठकमा छलफल भएको बताए ।
बिहान देखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मतदानको प्रक्रियामा जानका लागि गर्नुपर्ने तयारीका बारेमा पनि छलफल भएको छ ।
सहमतिको संभावना लगभग सकिएको निष्कर्ष निकालेका दुई दल बहुमतीय प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने रणनीतिको खोजीमा लागेका हुन् । त्यसका लागि अब गर्नुपर्ने तयारीका लागि जुट्ने दुई दलको निश्कर्ष रहेको बैठकमा सहभागी एक नेताले अनलाइन चौतारीलाई जानकारी दिए ।

बैठकमा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भने सहमति पनि नहुने र मतदानको प्रक्रियामा जान पनि उचित नहुने भएकाले अन्तरिम संविधानलाई नै संसोधन गरेर संविधान जारी गर्न प्रस्ताव गरेका छन् ।
देउवाले नेपालको अन्तरिम संविधान २०६३ लाई संसोधन गरेर ‘अन्तरिम’ शब्द हटाउँदै त्यही संविधान जारी गर्नुपर्ने प्रस्ताव गरेका छन् । बैठकमा सहभागी अन्य नेताहरुले भने मतदानको प्रक्रियाबाट नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।