५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

एसएलसीको नतिजा प्रकासन भएको आधा घण्टाभित्र थाहा हुने

एसएलसीको नतिजा प्रकासन भएको आधा घण्टाभित्र थाहा हुने
अ+ अ-

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साल लिइएको प्रवेशिका परीक्षा (एसएलसी) को नतिजा एक साताभित्र प्रकासन गर्ने जनाएको छ ।

ओएनएससँग कुरा गर्दै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने,  ‘परीक्षाको नतिजा प्रकासन गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब बढिमा एक साता लाग्नेछ ।’  उनले इन्ट्री हुने काम भैरहेकोले जनाए । इन्ट्रीको काम सकिने लगत्तै नतिजा प्रशासन गरिने द्वारेले जानकारी दिए । द्वारेका अनुसार यसपटक पनि विद्यार्थीहरुले फोन, एसएमएस र इन्टरनेटबाट नतिजा थाहा पाउन सक्नेछन् ।

नतिजा प्रशासन भएको आधा घण्टा भित्र संचार माध्यमबाट थहा पाउने व्यवस्था मिलाइएको द्वारेको भनाइ छ ।  एसएमएस गर्दा एएलसी टाइप गरी १४०० सेन्ड गर्नु पर्नेछ । ( slc<space><symbolNumber> and send the sms to 1400) । यसै गरी ल्याण्डलाइन वा मोबाइलबाट १६०० मा डायल गरी पनि नतिजा थाहा पाउन सकिनेछ भने परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले विभिन वेबसाइटसँग इन्टरनेटबाट नतिजा प्रकासन गर्न सम्झौता गरेको छ । www.slc.ntc.net.np,  edukhabar.com लगायताका वेबसाइटबाट नतिजा पाउन सकिनेछ ।

यता भूकम्पले क्षति पुगेका ठूला कलेजहरुले नतिजा सार्न दबाब दिएको भन्ने विषयको द्वारेले खण्डन गरेका छन् । द्वारेले भने , ‘एसएलसीको नतिजा समयमै थाहा पाउने विद्यार्थीको अधिकार हो । नतिजा सार्ने कुरै छैन । कसैले सार्ने दबाब दिएको पनि छैन । ‘

भत्किएका कलेजका भवन व्यवस्थापन भइनसकेका र  नतिजा अाउने  वित्तिकै विद्यार्थी पढ्न आउदा समस्या पर्ने र भड्कीन सक्ने भन्दै सञ्चालकहरुले प्रभाव राख्न सभासदलाइ समेत प्रयोग गरेको बताइएको थियो ।

ओएनएसको भूकम्पबाट क्षति भएका कलेजलाई विद्यार्थी भर्ना लिन समस्या पार्ला की ? भन्ने  प्रश्न गर्दा परीक्षा नियन्त्रक द्वारेले भने , ‘हाम्रो काम नतिजा समयै प्रकासन गर्ने हो । कलेजहरुले भर्ना लिने विषयमा हाम्रो कुनै सम्बन्ध छैन ।’

यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् । जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएका थिए ।