• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट ★   चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना ★   धोनी आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर ★   सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)

एभरेस्ट म्याराथन जिते सुदीप कुलुङले

तेञ्जिङ हिलारी एभरेस्ट म्याराथनमा सुदीप कुलुङ विजयी भएका छन् । बिहीबार भएको प्रतियोगितामा तीन घण्टा ५२ मिनेट ९ सेकेन्डमा ४२ किलोमिटर दूरी पूरा गर्दै कुलुङ प्रथम भएका हुन् ।

त्यसैगरी, नेपाल आर्मीका भीमबहादुर गुरुङ तीन घण्टा ५८ मिनेटमा म्याराथन पूरा गर्दै दोस्रो भए । चार घण्टा ८ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै सुमन कुलुङ तेस्रो हुन सफल भए् ।
हाफ म्याराथनमा अस्ट्रेलियाली धावक डेभिडले तीन घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै प्रथम भए । त्यस्तै तीन घण्टा ४२ मिनेट ४६ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै बेल्जियमका जेरेमी प्िरस्टन दोस्रो हुन सफल भए ।
म्याराथनमा प्रथम हुनेले एक लाख, दोस्रोेले ७० हजार र तेस्रोेले ५० हजार पुरस्कार पाए । त्यस्तै, हाफ म्याराथनतर्पm प्रथम हुनेले ५० हजार र दोस्रोेले ३० हजार पाएका छन् । खुम्बु क्षेत्रमा अत्यधिक हिमपात भएका कारण यस वर्र्षको म्याराथन सगरमाथा आधार शिविरभन्दा पाँच किलोमिटर तल गोरक्सेपबाट सुरु भएको थियो । यस पटक ४० नेपालीसहित १३६ जना सहभागी भएका थिए । यसलाई संसारकै सबैभन्दा उच्च भागमा हुने साहसिक म्याराथनका रुपमा समेत लिइन्छ ।

तेञ्जिङ हिलारी एभरेस्ट म्याराथनमा सुदीप कुलुङ विजयी भएका छन् । बिहीबार भएको प्रतियोगितामा तीन घण्टा ५२ मिनेट ९ सेकेन्डमा ४२ किलोमिटर दूरी पूरा गर्दै कुलुङ प्रथम भएका हुन् । त्यसैगरी, नेपाल आर्मीका भीमबहादुर गुरुङ तीन घण्टा ५८ मिनेटमा म्याराथन पूरा गर्दै दोस्रो भए । चार घण्टा ८ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै सुमन कुलुङ तेस्रो हुन सफल भए् ।