२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोपाइँ महोत्सवको तयारी तीव्र



अ+ अ-

पोखरा–१३ काहुँ खोलास्थित कमलपोखरी बुढुवाको फाँटमा गरिने ११ औं रोपाइँ महोत्सवको तयारी तीव्र पारिएको गरिएको आयोजक पोखरा पर्यटन परिषद्ले जनाएको छ । महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाउने आयोजकको विश्वास छ ।

काहुँ खोला रोपाइँ महोत्सव स्थानीय समितिका संयोजक रामु गौतमका अनुसार स्थानीय लोकबहादुर कार्कीको खेतमा “हिलोमा एकपटक टेक्नुपर्छ है” र “पोखरा सबै मौसमका लागि उपयुक्त” भन्ने नारासहित आयोजना हुने महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धनमा सघाउने गौतमले बताउन्भयो ।
महोत्सवमा विभिन्न महिला तथा आमा समूहले प्रतिस्पर्धात्मक रुपमा हिलो खेल्दै धान रोप्ने र विदेशी पर्यटकले पनि खेतालाको भूमिकामा काम गर्नेछन् । महोत्सवमा साउने प्रतियोगिता, असारे गित सँगै रोपाइँ माछा समाउने, रस्साकस्सी, हिलो दौड पनि गराइने संयोजक गौतमले जानकारी दिनुभयो । पोखरा र आसपास क्षेत्रमा हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आएको महोत्सवले खेतीयोग्य जमिनलाई संरक्षण गर्ने तथा जनचेतना फैलाउने परिषद्का महासचिव चिरञ्जीवी पोखरेलले बताउनुभयो । अघिल्लो वर्ष यो महोत्सव लेखनाथ नगरपालिकाको बेगनास किनारमा आयोजना गरिएको थियो ।