१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ अर्बको लगानीमा व्यापार विविधीकरण गर्दै नेशनल ट्रेडिङ



अ+ अ-

जेठ १, काठमाडौं । नेशनल ट्रेडिङ लिमिटेडले रू. १ अर्बको लागतमा पेट्रोलियम पदार्थ, फर्नेश आयल र अलकत्राको व्यापार गर्ने भएको छ । टेकुस्थित केन्द्रीय कार्यालय रहेको स्थानको ५५ रोपनीमध्ये १८ रोपनी जग्गा विक्री गरेर व्यापार गर्ने योजना बनाएको नेशनल ट्रेडिङकी महाप्रबन्धक प्रमिलाकुमारी यादवले बताइन् । सो जग्गा विक्री गर्नेसम्बन्धी प्रस्ताव स्वीकृतिका लागि सोमवार प्रधानमन्त्रीको कार्यालयमा दर्ता गरेको उनले जानकारी दिइन् । ‘स्वीकृति पाएमा जग्गा विक्रीको प्रक्रिया शुरू गरिनेछ,’ उनले भनिन् ।

जग्गा विक्रीबाट करीब १ अर्बभन्दा बढी रुपैयाँ आउने यादवको भनाइ छ । सो रकमबाट लिमिटेडले ११ ओटा पेट्रोल पम्पसहित अन्य नयाँ व्यापारमा हात हाल्न खोजेको छ । उक्त जग्गा संस्थानले आफै आर्जेको भएकाले राज्यको कुनै हस्तक्षेप हुन नहुने उनको भनाइ छ । सो जग्गा खरीदका लागि हाल बीमा समिति र कर्मचारी सञ्चय कोषले प्रस्ताव गरिसकेका छन् । ‘आज (मङ्लवार) बस्ने बैठकले सोसम्बन्धी निर्णय गर्नेछ,’ उनले भनिन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १८ गते अर्थ मन्त्रालयमा उक्त जग्गा विक्रीसम्बन्धी प्रस्ताव पठाएको थियो । प्रस्तावमा सो जग्गा विक्री गर्न पाउनुपर्ने अन्यथा संस्थान नै बन्द गराउनुपर्ने उल्लेख भएको यादव बताउँछिन् । अर्थले सोही दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जग्गा विक्रीका लागि मन्त्रिपरिषद्मा लैजान अनुमति दिएको थियो । नेशनल ट्रेडिङले विगत ५० वर्षदेखि विभिन्न मेशिनरी, निर्माण सामग्रीसहित खाद्यवस्तु तथा कपडाहरू विक्री गर्दै आएको छ । नयाँ व्यापारमा हात हाल्दा पनि सफलता प्राप्त हुने लिमिटेडको दाबी छ ।