५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरुबखडा भाउ पाएन



अ+ अ-
मकवानपुर-जिल्लाको चिसो हावापानी भएका गाविसमा फल्ने आरुबखडाको उचित मूल्य नपाउँदा किसान दिक्क छन्। वर्षैभरि चिसो हावापानी भएको जिल्लाको उत्तरी तथा पूर्वी

 भागका किसानले लगाएका आरुबखडा बजार भाउभन्दा आधामा बेचिरहेको उनीहरुको गुनासो छ।
काठमाडौं पुर्याकउँदा किलोको ४० देखि ५० रुपैयाँमा बिक्री हुने आरुबखडा किसानले बढीमा २० रुपैयाँमा बेच्नुपरेको बताएका छन्।
यसबाट जाम, पाउ, सस र रक्सी लगायत बनाउने गरिए पनि उचित भाउ नपाएको गुनासो फाखेल–४ का पल्टेन रुम्बाले बताए।
वर्षमा एकपल्ट मात्रै फल लाग्ने र उचित मूल्य पनि नपाउँदा किसानहरु यसलाई व्यवस्थित गर्न नसकिएको बताउँछन्। आरुबखडा सानो आकारमा फल्ने र यसलाई रुखबाट टिप्नै बढी मजदुर लगाउनुपर्ने भएकोले खर्च उठाउन पनि मुस्किल पर्ने रुम्बाको भनाइ छ।
गाउँबाट किनेर बजार पुर्यालउँदा व्यापारीले किसानको भन्दा बढी नाफा कमाउने गरेकोले किसान यसबाट लाभान्वित हुन नसकेको उनले बताए।
जेठ र असारमा पाक्ने आरुबखडालाई धेरै दिन राख्न सकिँदैन। यसैको फाइदा व्यापारीले ण्ठाएको किसान बताउँछन्।
पुस, माघमा फूल लाग्ने र जेठ, असारमा पाक्ने एक किलो आरुबखडालाई रक्सी बनाएर बेच्दा सय रुपैयाँसम्म नाफा हुने गरे पनि लगानी अभावमा किसानले त्यसो गर्न नसक्ने रुम्बा बताउँछन्। एउटा बोटमा दुई क्विन्टलसम्म फल्ने आलुबखडाको उचित मूल्य पाए आफ्नो आर्थिक अवस्था सुधि्रने अर्की किसान इन्द्रमाया लामाले बताइन्।
स्वादिलो र रसि
लो हुने भएकाले धेरैले आरुवखडा रुचाउँछन्। आरुबखडामा पर्याप्त फाइबर र सोविर्टोल तथा इसाटिन भन्ने तत्व हुनाले यसले हाम्रो पाचनप्रणाली राम्रो राख्न मद्दत पुर्या्उने र कब्जियत र अपच जस्ता समस्यामा फाइदा गर्ने जानकार बताउँछन्। एउटा मध्यम आकारको आरुबखडामा एक सय १३ मिलिग्राम पोटासियम हुन्छ। यसबाट रक्तचाप सन्तुलनमा राख्न र हृदयघातको सम्भावना घटाउन सक्ने बताइन्छ।
जिल्ला कृषि विकास कार्यालयले जिल्लाको अधिकांश गाविसमा व्यावसायिक तरिकाले आरुबखडा खेती गरे किसानको आर्थिक अवस्था उकास्न मद्दत पुग्ने जनाएको छ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख निर्मल बडालले आरुबखडाको उत्पादनबारे ठोस तथ्य नभए पनि किसानले यसबाट राम्रै आम्दानी गरिरहेको बताए। किसानलाई आरुबखडाको उचित मूल्य दिलाउन प्रशोधन उद्योग खोल्नुपर्ने बडालको सुझाव छ।
source: nagariknews.com