१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माण प्राधिकरण संसदबाटै गठन हुनुपर्ने एमालेको अडान



अ+ अ-

५ असार, काठमाडौं । नेकपा एमालेले बजेट अधिवेशन आउनै लागेका बेला व्यवस्थापिका संसदलाई छलेर पुनर्निर्माण प्राधिकरण गठन सम्बन्धी अध्यादेश ल्याउन नहुने ठहर गरेको छ ।

उपप्रधानमन्त्री समेत रहेका कार्यवाहक अध्यक्ष बामदेव गौतमको सरकारी निवास पुल्चोकमा बसेको बैठकले संसदलाई छलेर अध्यादेश उनुभन्दा संसद अधिवेशन पर्खिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

भूकम्पले ध्वस्त पारेका संरचना पुनर्निर्माणका लागि सरकारले असार १० गतेको दाता सम्मेलन अघि नै अधिकार सम्पन्न प्राधिकरण गठन गर्न खोजेको छ । तर, एमाले र एमाओवादी त्यसको विपक्षमा छन् ।

संसदबाटै त्यस्तो प्राधिकरण गठन गर्नु उपयुक्त हुने बारेमा पार्टीको बैठकमा छलफल भएको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले अनलाइनखबरलाई बताए । ‘संसदमै छलफलल गरेर कस्तो प्राधिकरण बनाउने भन्ने टुंगो लगाउनु उपयुक्त हुन्छ भन्ने नेताहरुको धारणा आयो’-गुरुङले भने ।

बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतले सुझाव दिएका थिए ।  चार दल बैठकमा पनिक कांग्रेसले दाता सम्मेलन अघिनै प्राधिकरण गठन गर्दा त्यसको प्रभावकारिता हुने अडान राखेको छ भने एमाले र एमाओवादीले संसदमा छलफल हुनुपर्ने बताएका छन् ।

यसका लागि अविलम्ब संसद अधिवेशन आहृवान गरेर संक्षिप्त कार्यविधि अवलम्बन गरी प्राधीकरण लगायतका बिषय टुङ्गो लगाउनु पर्ने बैठकले राय दिएको छ । भूकम्पपछिको पुनर्निर्माण सर्वोच्च प्राथमिकताको राष्ट्रिय एजेण्डा र आम सरोकारको बिषय भएकाले यस बिषयमा सरकारले सबै पक्षसँग छलफल गरी साझा धारणा बनाउनु आवश्यक भएको तर्फ पनि एमाले बैठकले ध्यानाकर्षण गराएको छ ।

पुनरावलोनमा जाउ

यसैबीच एमालेले सर्वोच्च अदालतको पछिल्लो आदेशविरुद्ध न्यायिक पुनरावलोकनमा जान सरकारलाई सुझाव दिएको छ । यसअघि चार दलको बैठकले गरेको निर्णयलाई एमाले बैठकले अनुमोदन गरेको छ ।

एमाले बैठकले सर्बोच्चको पछिल्लो अदोशले संविधान निर्माण गर्ने सार्वभौम संविधानसभाको विशेषाधिकारलाई कुण्ठित गर्न खोजेको, अस्थिरता एवं अन्यौललाई बढावा दिन खोजेको निष्कर्ष निकालेको सचिवालय सचिव प्रदिप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ-संविधान निर्माणको प्रक्रिया संविधानसभाको क्षेत्राधिकारको बिषय भएकाले यसलाई कसैले चुनौती दिन नसक्ने ठहर गर्दै बैठकले संविधानसभालाई मस्यौदा लेखनको काम पूर्ववत् र अझ तीव्र रफ्तारमा अगाडि बढाउन तथा द्रूत प्रक्रियाबाट संविधान जारी गर्ने दिशामा अगाडि बढ्न बैठकले आग्रह गरेको छ ।’

 

Source : onlinekhabar.com