३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

मोदीले भने-नेपालको पुनर्निर्माणमा हृदय खोलेर सहयोग गर्छौ

मोदीले भने-नेपालको पुनर्निर्माणमा हृदय खोलेर सहयोग गर्छौ
अ+ अ-

नेपाल सरकारको निर्णयको हामी प्रतीक्षा गरिरहेका छौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पबाट क्षतिग्रस्त नेपालका भौतिक संरचनाको पुनः निर्माण तथा नवनिर्माणमा हृदय खोलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सेभेन रेस कोर्सस्थित आफ्नो निवासमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रधानमन्त्री मोदीले सहायतासम्बन्धी नेपालको प्रस्तावको प्रतीक्षामा आफू रहेको बताएका हुन्।
वर्षायाम नजिकिएकाले भूकम्पपीडितलाई शीघ्र पुनर्वासको व्यवस्था गर्नेतर्फ उहाँले विशेष जोड दिएको र त्यसमा भारतको सम्भावित सहयोगबारे विचारविमर्श भएको राजदूत उपाध्यायले टेलिफोनमा बताए। “पुनर्निर्माण एवम् पुनर्वासमा हृदय खोलेर सहयोग गर्न भारत तयार रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो”– उनले भने।
राष्ट्रिय योजना आयोगले यही जेठ २२ गतेसम्ममा प्रधानमन्त्री सुशील कोइरालासमक्ष पुनर्निर्माणको योजना प्रस्तुत गरेपछि त्यसैका आधारमा सहयोग गर्ने तयारीमा भारत सरकार रहेको राजदूत उपाध्यायले बताए।
“नेपाल सरकारको निर्णयको हामी प्रतीक्षा गरिरहेका छौँ, त्यसका आधारमा हामी सहयोगको घोषणा गर्नेछौँ,” प्रधानमन्त्री मोदीलाई उद्धृत गर्दै राजदूत उपाध्यायले भने।
करिब चौध वर्ष अगाडि मोदी गुजरातका मुख्यमन्त्री रहेका बेलाको भूकम्पको विपत्ति र नेपालले हाल झेल्नु परेको भूकम्पमा आफूले केही फरक अनुभव गरेको प्रधानमन्त्री मोदीले सुनाएको उल्लेख गर्दै राजदूत उपाध्यायले गुजरात भूकम्पकै दिन एक हजार २ सय पटक भूकम्पका धक्का महसुस गरिएका तर नेपालमा भने त्यस्ता कम्पन थोरै महसुस भएकामा चासो र चिन्ता व्यक्त गरेको जानकारी दिए।
“धेरै कम्पन हुँदा खतरा कम हुने विज्ञहरुको भनाइ उद्धृत् गर्दै प्रधानमन्त्री मोदीले नेपालमा थोरै कम्पन भएकाले फेरि अनिष्ट हुने हो कि भन्ने आशङ्काले आफूलाई पिरोलिरहेको बताए, नेपालमा अझै केही समयसतर्कता अपनाउनुपर्नेमा पनि उनले जोड दिए, ”– राजदूत उपाध्यायले पुनः भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति उद्धरण गरे।
प्रधानमन्त्री मोदीमा नेपालप्रति निकै चिन्ता र सदिच्छा आफूले पाएको पनि उपाध्यायले बताए उनले भूकम्पबाट भएको क्षतिमा भेटवार्ता केन्द्रित रहेको जानकारी दिदै नेपालको राजनीतिका बारेका खासै चर्चा नभएको स्पष्ट गरे।
त्यसअघि राजदूत उपाध्यायले भारतका अर्थमन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंहलगायत १० जनाभन्दा बढी केन्द्र सरकारका मन्त्री, नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, चर्चित चलचित्र कलाकार अमिताभ बच्चनसहितका सामाजिक अगुवासँग भूकम्पबाट भएको क्षति र सहयोगबारे छलफल गरेका थिए।
Source : Setopati.com