• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

वाना एनएजिसिले नेपालको पुनर्निर्माण गर्न संयुक्त पहल गर्ने



क्यालिफोर्निया, पश्चिम अमेरिका नेपाली महासंघ वाना र नेपाल विश्व सहयोग सङ्घ एन ए जी सि ले गत अप्रिल २५ र मे १२ मा गएको बिनासकारी भूकम्पमा तहस नहस भएको नेपालको पुनर्निर्माणमा सघाउन सहकार्य गर्ने भएको छ। सो को लागि  वाना एन ए जी सि द्वारा  “रिबिल्ड नेपाल फँड” को नाममा चन्दा सङ्कलन, व्यवस्थापन र पुनर्निर्माणको लागि एक संयुक्त खाता समेत् खोलिएको छ।  ती सस्थाहरुले एक संयुक्त वक्तव्य निकाल्दै भनेको छ, ” भूकम्पले आक्रान्त हाम्रो मातृभूमीमा हाम्रा प्रियहरुको आर्तनादले हामी सबैलाई आहत बनाइरहेकै छ। भूकम्प पीडितहरुको चहराइरहेको  घाउमा राहतको मलम लगाउने प्रयासमा जो जति लाग्नु भयो तपाईँहरूलाई धन्यवाद छ, साधुवाद छ। यस् दु:खद घडीमा नेपालका मित्रहरुले जुन स हृदयता देखाइरहनु भएको छ सो सदा स्तुत्य छ।“

संयुक्त प्रयासको प्रथम चरणमा यही जुन २८ आइतबार बेनिफिट फर नेपाल नामक कार्यक्रम हुन गैरहेको पश्चिम अमेरिका नेपाली महासंघ वानाका नवनिर्वाचित अध्यक्ष उत्तम कार्कीले जानकारी दिनु भएको छ।  सो कार्यक्रमलाई निःशुल्क हल उपलब्ध गराउँदै बाजिलियन समुदाय सास्कृतिक सस्था बाजआर्टबाट सास्कृतिक कार्यक्रम गरी चन्दा उठाउन सहयोग गरिने कुरा सो कार्यक्रमका सहसँयोजक निक हार्बेले बताएका छन्।
सो कार्यक्रममा बिनासकारी भूकम्प सम्बन्धी ब्रित्त चित्रदेखाउनका साथै पुनर्निर्माण परियोजना बारे विशेष प्रस्तुति हुनेछ। सो अवसरमा बाजिलियन तथा नेपाली सास्कृतिक कार्यक्रम देखाइने छ। सास्कृतिक सँयोजन, भोजन तथा कार्यक्रम  व्यवस्थापनमा समाजसेवि बिन्दु सापकोटा, पूर्ण शेर्पा तथा लक्ष्मी खरेल थापा लगायतको मह्त्वपूर्ण सहयोग रहेको कुरा पर्यवेक्षकहरुले जनाएका छन् सो कार्यक्रमको प्रवेश शुल्क स्वादिष्ट नेपाली भोजन समेत गरी २० डलर राखिएको छ । १९०१ सान् पाब्लो याभन्यु, बर्क्ली, क्यालिफोर्निया ९४७०३ मा सम्पन्न हुने सो कार्यक्रम बेलुका ५:१५- देखी १०:०० सम्म हुनेछ। भुकुम्प पीडित नेपालका प्रियहरुलाई सहयोग गर्न सो कार्यक्रमलाई हर तरहबाट सहयोग पुर्‍याउन अनुरोध गरिएको छ ।

– See more at: http://www.brtnepal.com/news.php?pid=9122#sthash.63jU0ftB.dpuf