३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

संविधान चर्कों बिरोध र समर्थनको शिकार

संविधान चर्कों बिरोध र समर्थनको शिकार
अ+ अ-
  • दिल साहनी

नेपाली संसारको यो असार महिना कि धानको कुरा गरेर बित्ने भयो । कि संविधानका कुरा गरेर । हुन सक्दछ धान र संविधानले नेपाली जीवनलाई निकै प्रभाव पारेको छ । यतिबेला धानका कुरा केही कम भएका छन् । धेरै नै कम भएका छन् । असारको पन्ध्रह गएर पनि होला । सिंगो असार नगए पनि । यस्तो पनि हुन सक्दछ संविधानको कुराले धानका कुरालाई ओझेलमा पारिदिएको छ । गौण तुल्याइदिएको छ ।
संविधानसभाले बल्ल बल्ल नेपालको संविधानको मस्यौदा बाहिर ल्याई पनि सक्यो । पहिलो मसौदा जनता सामु ल्याउनु पनि चानचुने कुरा भने अवश्य होइन । हुन त भावी संविधानको मसौदा राजनैतिक दलले पाँच छ बर्ष अघि नै ल्याउनु पर्दथ्यो । तै पनि छ सात बर्ष लगाएर भए पनि सांसदहरूले संविधान बाहिर ल्याए । संंविधानको मसौदा बाहिर ल्याए । यसलाई उनीहरूको निकै ठूलो सफलता मान्नु पर्दछ । सगरमाथामा आरोहण गरे जस्तै सफलता । आखिर दोस्रो संविधानसभाबाट पनि हाम्रा राजनैतिक दलहरूले संविधानको मसौदा पनि बाहिर ल्याउन सक्दैनन् होला जस्तो लागेको थियो । तर ल्याए । शायद उनीहरू धन्यवादका पात्र पनि बनेका होलान् ।
अब त संविधान आउने भयो भनेर जनता खुशी नै होलान् जस्तो लाग्दछ । जनताले राजनैतिक दललाई धारे हात लगाउँर्दै गाली गलौज गर्न छोडे होलान् जस्तो लाग्दैछ । तर पनि के पनि साँचो हो भने अब त संविधान आउने भयो भनेर केही मानिसहरू बत्ती बालेर त्यसको स्वागत गर्न बसेका भए पनि केही मानिसहरू त फेरि दिया सलाई लिएर पनि बसेका छन् । यसको अर्थ यही हुन्छ संविधान आए पछि त्यसलाई बत्ती बालेर स्वागत गर्ने र त्यसलाई दिया सलाई पारेर जलाउने काम साथसाथै चल्ने छ । परिवेश यस्तो देखिएको छ । परिवश यसरी बिकसित हुँदै गएको छ ।
मलाई लाग्दछ यस्तो संविधान नेपालको संविधानको इतिहासमा कहिले लेखिएको थिएन । राणाहरूले संविधान लेखे । त्यसको विरोध त भयो । तर त्यस्तो चर्को बिरोध भएन । राजाले संविधान लेखे । त्यसको बिरोध त भयो । तर त्यसको त्यस्तो चर्को विरोध भएन । पंंचहरूले पनि संविधान लेखे । उनीहरूले लेखेको संविधानको बिरोध त भयो । तर त्यस्तो चर्को बिरोध भएन । बहुदलवादी वा संसदवादीहरूले पनि संविधान लेखे । उनीहरूले लेखेको संविधानको बिरोध त अवश्य भयो । तर पनि त्यति चर्को बिरोध भएन । मलाई लाग्दछ ६०१ सांंसदहरूले लेखेको यस संविधानको त स्वागतभन्दा पनि बढी चर्को बिरोध हुन्छ होला । जब कि यस संविधानको कत्ति पनि बिरोध होइन बत्ती नै बालेर स्वागत नै स्वागत हुनु पर्दथ्यो । यस कारणले कि यस संविधानको खास विशेषता नै हाम्रो संविधान राम्रो संविधान बनाउनु थियो । सबैले अपनत्व अनुभुत गर्ने संविधान बनाउनु थियो । तर यतिबेला बिचार गर्दा यो संविधान सबैले अपनत्व अनुभव गर्ने भन्दा पनि कसैले अपनत्व अनुभूत नगर्ने संविधान बन्छ कि जस्तो अवस्था सृजित भएको जस्तो देखिन्छ । संविधान लेख्नेहरूले पनि आफूले चाहेको जस्तो संविधान नलेखेको जस्तो देखिन्छ । कता कता कसैको करकापमा गरेको कागज जस्तो देखिन्छ यो संविधान त ।
राजतन्त्रवादीहरूलाई यो संविधान मान्य छैन । किनकि यो संविधान राजतन्त्रात्मक होइन गणतन्त्रात्मक बन्दैछ भन्ने छ । मधेसवादी दलहरूलाई यो संविधान मान्य छैन किनकि यसमा संघीयताको स्वरुप छैन । किनकि ८ बटा संघीय राज्यको परिकल्पना गरे पनि कुर्नै नामांकन छैन । कुनै सीमांकन छैन । यस अर्थमा त यो संविधान दश गजा जस्तो देखिन्छ । संघीयता र केन्द्रिताबीचको दशगजा ।
जनजातिलाई यो संविधान मान्य छैन । उनीहरूलाई लागिरहेको छ यसले जनजातिले परिकल्पना गरेका संघीय राज्यको कुनै खाका दिएको छैन । यो संविधान जनजातिप्रति अनुदार छ ।
कुनै पनि माओवादीलाई यो संविधान मान्य छैन । यस कारण कि माओवादीहरूको संलग्नता र सहभागिता बिना बनिरहेको छ यो संििवधान । उनीहरूलाई पाखा राखेर लेखिएको छ यो संविधान । उनीहरूले बगाएको रगतको उपेक्षा गरेर लेखिएको छ यो संविधान । शहीदहरूको सपनाको अबमूल्यन गरेर लेखिएको छ यो संविधान । त्यसैले पनि उनीहरू १६ दलबाट बक्स भएको संविधानलाई अस्वीकार गर्न सक्दछन् । गरिरहेकै छन् ।
महिला खुशी छैनन् यस संविधानको मसौदाबाट । उनीहरूको भनाइ छ यो संविधानमा महिला र पुरुषलाई समान स्थानमा राखिएको छैन । संविधान महिलाको हकमा भेदभावकारी छ ।
पत्रकार खुशी छैनन् यस संविधानबाट । उनीहरू खुलेआम भनिरहेछन् यस संविधानले पत्रकारमाथि अंकुश लगाउने प्रावधान राखेको छ । यस संविधानले भोलि पत्रकारलाई जेल हाल्न सक्दछ । नेल हाल्न सक्दछ । उनीहरूको कलममा बिर्को लगाउन सक्दछ ।
यस संविधानबाट राप्रपा खुशी छैन । राप्रपा चाहन्छ नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्दछ । यो संविधान नेपाललाई हिन्दु राष्ट्र घोषित गर्न राजी नभएको हुनाले यो उसको लागि सुपाच्य संविधान हुन सक्दैन ।
कांग्रेसले लेखेको हो यो संविधान । कांग्रेस नै खुशी छैन यस संविधानबाट । उसलाई लागिरहेको छ यो त कता कता काटीकुटी कम्युनिष्टको जस्तो संविधान बन्ने भो । यस कारण कि यसमा बहुलवाद छैन । संविधानमा नेपाललाई हिन्दु राज्य घोषित गरिएको छैन । समाजवाद शब्द समेत राखिएको छ । रुसले समाजवाद मानेन भने कांग्रेसले किन समाजवाद मान्ने ? वी पीले जनतालाई आकर्षित गनै समाजवाद भने पनि कांग्रेस कहिले पनि समाजवाद समर्थक हुनै सक्दैन । त्यही भएर कांग्रेस सत्तामा गए पछि यसले समाजवादका जग बनेका सरकारी स्वामित्वमा भएका उद्योग धन्दालाई धमाधम नीजीकरणको नीतिले ध्वस्त पार्यो ।
एमाले पनि यो संविधानबाट खुशी छैन । ऊ खुशी त्यतिबेला हुन्थ्यो जब यस संविधानमा बहुदलीय जनवादका शब्दावलीहरूले ठाउँ पाउँथे । संविधानमा बहुदलीय जनवादका शब्दाबली पर्ने होइन भने भोलि उसले कदापि मदन भण्डारीको सपना पुरा गर्न सक्दैन । फेरि उसले आफ्नो सिद्धान्तलाई लागु गर्न सक्ने कुनै ढोका पनि खुला भएको देख्दैन । बहुदलीय जनवादको लागि त उसले अर्को क्रान्ति गर्नु पर्ने भो । अर्को संविधान लेख्न पर्ने भो । यो झमेलाको काम हो ।
एमाओवादी यस संविधानबाट खुशी छैन । यो संविधान एमाओवादीको इच्छा अनुसार बनेकै छैन । यो राष्ट्रपतीय प्रणालीमा आधारित छैन । उही भारतीय शासन प्रणालीको कर्बन कपी जस्तो छ यो संविधान । राष्ट्रपति पनि संसदबाट चुनिने । प्रधानमंत्री पनि संसदबाट चुनिने । राष्ट्रपति निमित्त नायक जस्ता हुने । प्रधानमंत्री हिटलर बन्न सक्ने । हिटलर हुन नसके कसैको पुच्छर हुन सक्ने । संघीय राज्यको संख्या पनि कांग्रेस वा एमाले भने जस्तै थोरै हुने । आफूले संसदीय व्यवस्थाभन्दा केही अघि बढेको र जनवादी व्यवस्थाभन्दा केही पछि हटेको संविधान लेख्न चाहेको । तर संविधान आखिर उँट जस्तो हुन पुगेको देखियो ।
चीजलाई यसरी हेर्दा यो संविधान लेख्नको लागि लेखेको जस्तो संविधान जस्तो देखिन्छ । दोबाटोमा टपरीमा राखेर पात्ला फाल्न लेखेको संविाधान जस्तो देखिन्छ । १६ दलले यसलाई जबरजस्ती संविधानसभामा स्थापित गर्न खोजे पनि यो चारैतिरबाट बिस्थापित हुन सक्ने संभावना दिन दुना रात चौगुना बढेर गएको छ ।
जस्तो संविधान बाहिर ल्याए पनि सकभार ज्यादाभन्दा ज्यादा दलहरूलाई समेटेर यो संविधान बाहिर आउनुृ पर्दथ्यो । कुरो त्यसो नभएर अन्ततः यो संविधान १६ दलको संविधान भएर संविधानसभाभित्र हुलियो । फेरि यो १६ दलकै संविधान भएर जनताको घर दैलोमा प्रवेश गर्दै छ । थाहा छैन कतिले यसलाई बत्ती बालेर स्वागत गर्ने हुन् कतिले यसलाई लौरो लाएर धपाउने हुन् । मुलुकलाई नेतृत्व दिन सक्ने दल वा नेता नभएर नै यस्तो भाडभैलो हुन थालेको हो ।
संविधान मुलुकमा शान्ति स्थापना गर्न चाहिएको हो । चीरकालसम्म शान्ति स्थापना गर्न नसके पनि केही कालसम्म शान्ति स्थापना गर्न संविधानसभाबाट संविधान ल्याउन खोजिएको हो । तर संविधानसभा पनि संविधानसभा जस्तो भएन ।, संविधान पनि जसरी लेखिनु पर्दथ्यो त्यसरी लेखिएन । यसैले यस संविधानको चारैतिर बिरोध र समर्थन हुन सक्दछ । यस संविधानको बिराध र समर्थनले फेरि अर्को द्वन्द्व पनि जन्माउन सक्दछ । नयाँ द्वन्द्व । अझ चर्को द्वन्द्व । यो कुरा हाम्रा अदुरदर्शी नेताले बुझ्न सक्दैनन् । बुझे पनि बुझ पचाउँछन् । यसैले यो मुलुक सधैं द्वन्द्वको ज्वालामुखीमाथि बसेको देखिन्छ ।
निश्चय पनि संविधानमा बहुमतको छाप लाएर बाहिर आए पछि कतिलाई कुसीं छोड्नु पर्ने पीरले अहिलेदखि नै पिरोलिरहेको छ । कतिलाई यो संविधान आए पछि सिंहदरवारमा जति भयानक भूकम्प आए पनि त्यहाँ आफ्ना तस्बीर पनि थप्न पाइन्छ भन्ने खुशीले उन्मादित पारिरहेको छ । जे होस् हजार ठक्कर खाएर भए पनि संविधान बाहिर आए पछि बाहिरिनेहरू बाहिरिने छन् । भित्रिनेहरू भित्रिने छन् । यस परिवर्तनलाई ठूलै परिवर्तन मान्नु पर्दछ । कुनै परिवर्तन नभएको यस घडीमा आखिर ।

 

Source : www.ekhabarnepal.com