• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

शान्तिपूर्ण समाधान खोजौं ः प्रधानमन्त्री कोइराला



काडमाडौं, साउन ३०, प्रधानमन्त्री सुशील कोइरालाले शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्न आन्दोलनकारीहरुलाई अपिल गरेका छन् ।
कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बन्दी जीवनका अनुभूतिहरु’ को शनिवार राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान जारी गर्ने अन्तिम अवसर भएकाले दोश्रो आन्दोलनका उपलब्धीको रक्षा गर्न शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका हुन् । उनले भने–‘नेपालको लागि संविधान जारी गर्ने यो अन्तिम अवसर हो । कुनै हालतमा यसलाई गुमाउनु दिनुहुन्न ।’

संविधान जारी भए देश सम्बृद्धिको बाटोमा जाने दाबी गर्दै उनले नेपालको उज्जल भविष्यतर्फ एकजुट हुन पनि सबैसँग आगह गरे ।