२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीलाई डोको र पिठ्यूँमा बोकेर स्वास्थ्य चौकी



अ+ अ-

कञ्चनपुर, ५ भदौ । कञ्चनपुर डडेल्धुराको सीमा क्षेत्रमा पर्ने जोगबुढा नगरपालिका–११ पलगढीका बासिन्दाले स्वास्थ्य सेवा लिनका लागि आठ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । बिरामीलाई डोको र पिठ्यूँमा बोकेर यहाँका बासिन्दाले उपचारका लागि स्वास्थ्य चौकी पु¥याउने गरेका छन् । 

गाउँमा सडक नपुग्दा र स्वास्थ्य चौकी नहुँदा उपचारका लागि सास्ती खेप्दै आएको स्थानीय मोहनबहादुर ऐरले बताउनुभयो । टाढाको स्वास्थ्य चौकीमा बिरामीलाई पु¥याउन नसक्दा कयौँको बाटोमै ज्यान जाने गरेको छ उहाँले भन्नुभयो, “जोगबुढामा रहेको स्वास्थ्य चौकी पुग्नका लागि आठ घन्टा लाग्ने र तराईको झलारी पुग्नका लागि छ घन्टा लाग्ने गरेकाले बिरामीले उपचार नपाएरै ज्यान फाल्नु पर्ने अवस्था छ ।”

गाउँमै स्वास्थ्य चौकी स्थापनाका लागि नगरपालिकादेखि मन्त्रालयसम्म पुग्दासमेत समस्या समाधान हुन नसकेको स्थानीयको भनाइ रहेको छ ।

“नगरपालिका घोषणा गरिए पनि सडक, खानेपानी, विद्युत् र स्वास्थ्य चौकी नहुँदा आधारभूत सेवा सुविधाविहीन अवस्थामा बस्दै आएका छौँ”ं स्थानीय ईश्वर नेपालीले भन्नुभयो । विसं १९१५ देखि त्यस क्षेत्रमा ६० बढी परिवार बस्दै आएका छन् । रासस




भर्खरै