५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

कविता विनासकारी भूकम्प‐२०७२

कविता  विनासकारी भूकम्प‐२०७२
अ+ अ-

‐ चित्रप्रसाद खनाल ‘सुबोध’

प्राकृतिक नियमका विपरित गै विकासका कामले !
हासिल गर्न मानवले विजयको विज्ञानका नामले !!
आश्रय यन्त्रको लि धरणीमा चमत्कार ठूलो ग-यो !
सन्तुलन नभमा खलल हुने गरी अवयव सब ह-यो !!

ईश्या मानवप्रति प्रकट भयो, भूकम्प देशमा गयो !
काँप्यो थरथरी मेरुदण्ड भूमिको नरसंहार ठूलो भयो !!
आँसु रगत बगेर यहाँ बागमति र बिष्णुमति !
पुरातात्विक कान्तिपुरी नगरीमा क्षति कति हो कति !!

मानिसमा मनमा छ त्रास अनन्त संकट परेका घडि !
आफन्तैसँगको विछोड विरहमा आँसु झरे धरधरी !!
मृत्युले ताण्डव गरिरहँदा काँप्दै काठमाडौं पनि !
देखे कालग्रास नजिकै सकलले साह्ै निरिह बनि !!

सीमा सामथ्र्य मानवको छ कति क्रोधित प्रकृति हुँदा !
मापन गर्नु कसो गरी यहाँ विज्ञान प्रविधि छँदा !!
पश्चाताप होला मानव मनमा पीडा अनेकौं थरी !
शोक, चिन्ता, भय, त्रासका बीचमा बाँच्नु कसो के गरी !!

राजधानी देशको सबै किसिमको वस्ती बसोवासले !
मानव जीवनलाई सफल गरी बाँच्ने ठूलो आशले !!
काम धन्दा आआफ्नै किसिमका सपना सबैका यहाँ !
बोकी सुन्दर स्वप्नभित्र सजिने संकल्प काठमाडौं महाँ !!

मानिसको मनमा सन्त्रास छ अमिट पीडा र घाउ पनि !
जीवन बाँच्न कष्टकर भयो ठूलो विनासले अनि !!
डरले काँप्दछन् जिवित जति छन् हुने के के हो भनि !
आलो घाउ मानसपटलमा त्यो मृत्यु दृश्य अनि !!

एक्कासी भूकम्पबाट पीडित भइ मर्ने र बाँच्नेहरु !
मन मस्तिष्क र चेतना गुमे सरी स्तब्ध जाँच्नेहरु !!
मानिसकै बिचमा मानिसले निर्माण गरेका भवन !
सुन्दर इतिहासको झलक दिने मानव मोहका सघन !!

राजधानी देशको सगौरव आभा प्रख्यात धरहरा पनि !
ग¥यामगु¥लुम भै ढल्यो भूकम्पले कालाग्नी जस्तो बनि !!
सातो सबको लियो भयावह भइ ढल्दा ठूला घरहरु !
निर्विकल्प मृत्यु ताण्डपका बिचमा बाँचुन कसोरी अरु !!

देख्ने सुन्नेहरुको मानस पटलमा सन्त्रास ताजै छ झन !
काठमाडौं नगरी भग्नावेश भइ विपत्ति ठूलो सघन !!
चोकगल्लीहरु अवरुद्ध छन् बीच खल्टा र खुल्टी चिरा !
घरका सरसमानहरु अलपत्र वरपर छर्केर कहाँ निर !!

देख्ने सुन्नेहरुको मनमा अझ छ डर कहिले के होला भनि !
काँप्दै थरथरी नरनारी एकजुट भइ खुल्ला चउरमा अनि !!
बस्नै बाध्य छन् झरी बीचमहा दुःखकष्ट साह्ै सही !
मनमा तरङ्ग अनेक किसिमका बाँच्यौैं कसरी हइ !!

मृत्यु सन्निकटबाट उछिट्टिकन बाँच्नेहरुको मन !
भयग्रष्त भइ झसङ्ग कम्पन हुने संन्त्रासमै छ तन !!
भोक निन्द्रा छैन् शरीरमा डर नै ठूलो कारण !
साक्षात् काल स्वरुप भूकम्प आयो यहाँ मारण !!

सेवा भाव लिई अघि सरि सद्भाव सबैमा छरी !
लागून उद्धार गर्न सकलको संकल्प मनमा गरी !!
राष्ट्रै शोक मग्न छ अहिले नेपाल र नेपालीको !
साक्षात मृत्यु सबतिर भूकम्प यस पालिको !!

राजधानी नेपालको विपत्तिमा अहिले परेको त्यहाँ !
देशकै मेरुदण्ड सार सबको विनाश भयानक यहाँ !!
विश्व स्तब्ध छ मानविय मन पनि छिया छिया झै भयो !
प्रकृति विनास मै छ अडिग भूकम्पन ठूलै गयो !!

ब्यक्ति, संस्था र सरकारको पहलमा राहत संकलन भई !
निस्वार्थ रुपमा पुगोस् सकलमा क्षति आकलंन गई !!
भेदभाव नहोस् कहि कतै पीडितको मन चित्त दुख्ने गरी !
सेवा भावमहा ऋषिमन लिई गरुन् बनेर आमा सरी !!
ठेगाना ः नेउलापुर ‐७, बर्दिया
फोन नं. ः ९८४४८२२९०९
(२०७२ साल बैशाख १५ गते लेखिएको)