• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन्: राजदूत डा ढकाल (अन्तरवार्ता) ★   जुम्लामा स्याउ फुल्न थालेपछि बगैँचा सेताम्मे ★   कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’: ‘माइण्ड ब्लोइङ’ ★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

जुम्लामा विजय जुलुस, प्रदेशको नाम कर्णाली राख्न माग



जुम्ला,  भदौ  ५ । सरकारले कर्णालीबासीको आन्दोलनलाई सम्बोधन गरी गत साउन २३ गते राति गरेको सहमति खारेजी गरेकोप्रति खुसी व्यक्त गर्दै विजय ¥यालीका साथ सरकारलाई जुम्लाबासीले धन्यवाद ज्ञापन गरेका छन् ।

कर्णालीलाई सुदूरपश्चिमबाट खण्डित गर्न र विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश घोषणाको माग राख्दै सिंगो कर्णालीबासी १२ दिनसम्म आन्दोलनरत थिए ।

आन्दोलनको १३औँ दिनमा सरकारले कर्णालीका पाँच जिल्ला भेरीका तीन र राप्तीका दुईवटा जिल्लालाई छैटौँ प्रदेशका रुपमा कायम गरेको अवसरमा विजय जुलुस निकालिएको थियो ।

जुलुसमा सर्वदलीय सर्वपक्षीय संयुक्त आन्दोलन परिचालन कमिटी जुम्लाको महिलातर्फबाट महिला अधिकारवादी भगवती श्रेष्ठले नेपालको इतिहासमा कर्णालीका महिलाले यतिबेला अदम्य साहस देखाएको परिणाम चाख्न पाएको र त्यसमा सरकारले कर्णालीवासीप्रति सम्मान गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

एमाओवादी जुम्लाका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले करिब दुईसातासम्म चलेको कर्णाली आन्दोलनलाई सरकारले उच्च सम्मान गरेको धारणा राखे ।

उनले कर्णालीको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वको मूल्यांकन गर्दै प्रदेशको नाम कर्णाली राखिनुपर्नेमा जोड दिएका थिए । रासस