• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने ★   २८ सहसचिवको सरुवा (सूचीसहित) ★   विकराल बन्दै डढेलो ★   बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री ★   नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर ★   पूर्वकर्मचारीहरुसँग देउवाले भनेः आगामी निर्वाचनमा काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस् ★   सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ ★   गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे ★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू

जुम्लामा विजय जुलुस, प्रदेशको नाम कर्णाली राख्न माग



जुम्ला,  भदौ  ५ । सरकारले कर्णालीबासीको आन्दोलनलाई सम्बोधन गरी गत साउन २३ गते राति गरेको सहमति खारेजी गरेकोप्रति खुसी व्यक्त गर्दै विजय ¥यालीका साथ सरकारलाई जुम्लाबासीले धन्यवाद ज्ञापन गरेका छन् ।

कर्णालीलाई सुदूरपश्चिमबाट खण्डित गर्न र विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश घोषणाको माग राख्दै सिंगो कर्णालीबासी १२ दिनसम्म आन्दोलनरत थिए ।

आन्दोलनको १३औँ दिनमा सरकारले कर्णालीका पाँच जिल्ला भेरीका तीन र राप्तीका दुईवटा जिल्लालाई छैटौँ प्रदेशका रुपमा कायम गरेको अवसरमा विजय जुलुस निकालिएको थियो ।

जुलुसमा सर्वदलीय सर्वपक्षीय संयुक्त आन्दोलन परिचालन कमिटी जुम्लाको महिलातर्फबाट महिला अधिकारवादी भगवती श्रेष्ठले नेपालको इतिहासमा कर्णालीका महिलाले यतिबेला अदम्य साहस देखाएको परिणाम चाख्न पाएको र त्यसमा सरकारले कर्णालीवासीप्रति सम्मान गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

एमाओवादी जुम्लाका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले करिब दुईसातासम्म चलेको कर्णाली आन्दोलनलाई सरकारले उच्च सम्मान गरेको धारणा राखे ।

उनले कर्णालीको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वको मूल्यांकन गर्दै प्रदेशको नाम कर्णाली राखिनुपर्नेमा जोड दिएका थिए । रासस