२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनक र साझाले पाठ्यपुस्तक छाप्न सुरु



अ+ अ-

काठमाडौँ, ५ भदौ । पाठ्यपुस्तक उत्पादन र वितरण गर्ने जिम्मा पाएपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनले आगामी शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छाप्न सुरु गरेका छन् ।

साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माका अनुसार कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा पुनः पाएपछि शुक्रबारदेखि नै छपाइको काम सुरु भएको हो ।

विसं २०६४ देखि निजी क्षेत्रलाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको उत्पादन र वितरण गर्ने जिम्मा दिइएको थियो । पहिलो चरणअन्तर्गत दसैँभन्दा अगाडि नै प्रतिकक्षा एक लाख थान पुस्तक छपाइ गरिसक्ने योजना रहेको उनले जानकारी दिए ।

तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गत साउन १२ गते जनक र साझालाई क्षेत्राधिकार फर्काउने सम्बन्धमा शिक्षा मन्त्रालयलाई सिफारिस गरेका थिए । सोहीअनुसार गत साउन ३२ गते विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन र बिक्री वितरणमा निजी क्षेत्रको अधिकार कटौती गरी पुनः सरकारी स्वामित्वका दुई निकायलाई जिम्मेवारी दिइएको थियो ।




भर्खरै