३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

स्वास्थ्य क्षेत्र जनमुखी बनाउँछु : स्वास्थ्य मन्त्री

स्वास्थ्य क्षेत्र जनमुखी बनाउँछु : स्वास्थ्य मन्त्री
अ+ अ-

काठमाडौँ, भदौ ६ । स्रोत र साधनका आधारमा प्राथमिकता निर्धारण गरेर स्वास्थ्य क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध भएर लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सदनलाई जानकारी गराउनुभएको छ ।

व्यवस्थापिका–संसद्मा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुँच पु-याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
वीर अस्पतालको क्षमता विस्तार गरिएको, गरिब जनतालाई सरल र सहज रुपमा स्वास्थ्य सेवा पु-याइएको र मुलुकभित्रै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइएकाले उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पर्याप्त बजेट विनियोजन नभएका कारण सबै क्षेत्रमा उल्लेख्य कार्यक्रम राख्न नसकिएको स्वीकार गर्दै मन्त्री अधिकारीले प्राप्त बजेटका आधारमा सकेसम्म सुविधा उपलब्ध गराइने जानकारी गराउनुभयो ।
चालु आवमा भरतपुर र बागलुङमा ट्रमा केन्द्र स्थापना गरिने र त्यसका लागि पर्याप्त जनशक्तिको व्यवस्था भइरहेको, सामाजिक स्वास्थ्य बिमाका कार्यक्रम क्रमशः कार्यान्वयन गर्दै लैजाने, प्राकृतिक चिकित्सा, युनानी चिकित्सा पद्धतिको विकास गरिने र आधारभूत स्वास्थ्य सेवालाई परिभाषित गरी योजनाबद्ध रुपमा अगाडि बढाइने उहाँले बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाटै २५० श्ययाको अस्पतालको स्वीकृति गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले सुर्तीजन्य पदार्थमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने प्रक्रियाको सुरु भएको र त्यसलाई अस्वीकार गर्ने उद्योगी तथा व्यवसायीलाई कानुनी कारबाही गरिने उल्लेख गर्नुभयो ।
मुलुकका केही स्थानमा हैजा रोग प्रकोपका रुपमा देखिएको भन्ने गुनासोलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै उहाँले सो रोगको नियन्त्रणका लागि सरकारसँग पर्याप्त साधन र स्रोत मौज्दात रहेको बताउनुभयो ।
उहाँले भूकम्प प्रभावित क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सरकार तत्पर रहेको र प्रकोपजन्य रोगको नियन्त्रणका लागि प्रभावकारी नियन्त्रण गर्न प्रयास गरिएको सदनलाई जानकारी गराउनुभयो ।
मन्त्री अधिकारीको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै सांसदहरु रामहरि सुवेदी, डिल्लीप्रसाद काफ्ले, अनुराधा थापामगर, रेखा शर्मा, डा सुवोधकुमार पोखरेलले प्रतिप्रश्न गर्नुभएको थियो । रासस