२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकूलपति सिफारिसको विरोध



अ+ अ-

काठमाडौँ, भदौ ७ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले सरकारले सत्ता साझेदार दलसँग परामर्श नै नगरी चार वटा विश्वविद्यालयको  उपकुलपति सिफारिस गरेको भन्दै विरोध गरेको छ ।

देशको उच्च शिक्षाको नेतृत्व वहन गरिरहेका विभिन्न विश्वविद्यालयमा आपसी परामर्शमा व्यवस्थापनका लागि दक्ष, क्षमतावान र प्राज्ञिक व्यक्तित्वको छनोट हुनुपर्ने सङ्गठनका महासचिव डा खगराज शर्माले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले त्रिभुवन विश्वविद्यालयमा प्रा. डा. तीर्थ खनिया, पूर्वाञ्चलमा घनश्यामलाल दास, नेपाल संस्कृतमा कुलप्रसाद कोइराला र सुदूरपश्चिमाञ्चलमा भूषण श्रेष्ठ उपकुलपतिमा नियुक्त गर्न प्रधानमन्त्री सुशील कोइरालालाई सिफारिस गरेको हो ।  गत साउन २२ गतेदेखि सातवटा विश्वविद्यालयमा उपकुलपति रिक्त छ ।