१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकूलपति सिफारिसको विरोध



अ+ अ-

काठमाडौँ, भदौ ७ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले सरकारले सत्ता साझेदार दलसँग परामर्श नै नगरी चार वटा विश्वविद्यालयको  उपकुलपति सिफारिस गरेको भन्दै विरोध गरेको छ ।

देशको उच्च शिक्षाको नेतृत्व वहन गरिरहेका विभिन्न विश्वविद्यालयमा आपसी परामर्शमा व्यवस्थापनका लागि दक्ष, क्षमतावान र प्राज्ञिक व्यक्तित्वको छनोट हुनुपर्ने सङ्गठनका महासचिव डा खगराज शर्माले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले त्रिभुवन विश्वविद्यालयमा प्रा. डा. तीर्थ खनिया, पूर्वाञ्चलमा घनश्यामलाल दास, नेपाल संस्कृतमा कुलप्रसाद कोइराला र सुदूरपश्चिमाञ्चलमा भूषण श्रेष्ठ उपकुलपतिमा नियुक्त गर्न प्रधानमन्त्री सुशील कोइरालालाई सिफारिस गरेको हो ।  गत साउन २२ गतेदेखि सातवटा विश्वविद्यालयमा उपकुलपति रिक्त छ ।