• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   बहुआयामिक व्यक्तित्व  पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा

भूकम्पले चर्केको जमिन पहिरोे जाँदा गाउँ नै जोखिममा



काठमाडौँ,भदौ ७ । रसुवा जिल्लाको धैबुङ–७ मा भूकम्पले चर्केको जमिन आइतबार साँझ अविरल वर्षाका कारण पहिरो जाँदा पूरै गाउँ नै जोखिममा परेको छ । 

निरन्तर वर्षाले घुम्ती बजारको माथिको ढिस्को र ठूलो ढुङ्गा खस्न गई ठूलो पहिरोका रुपमा परिणत भएको छ । ढुङ्गाले बिजुलीको पोल पनि भाँचेको छ । पहिरोका कारण मानवीय क्षति केही नभए पनि निरन्तर रुपमा पहिरो गइरहेकाले तलको करिब १०० घर गाउँ उच्च जोखिममा पर्नुका साथै पासाङ ल्हामु राजमार्गसमेत अवरुद्ध भएको छ ।
भूकम्पले जमिन फाटेको स्थानमा निरन्तर पानी छिर्दा पहिरोको जोखिम बढिरहेको स्थानीय कृष्ण लामिछानेले बताउनुभयो । पहिरोले गर्दा पानीको मुहानसमेत सुकेकाले खानेपानीको समेत समस्या भएको छ ।
जनैपूर्णिमाको अवसर पारेर गोसाइँकुण्ड जाने भक्तजनका लागि पनि पहिरोले बाटो बन्द भएकाले गाडी जान नपाउने भएकाले असुविधा भएको गोसाइँकुण्ड मेलामा जाने भक्तजनले बताए । पहिरो निरन्तर बगिरहेकाले स्थानीय बासिन्दा घरमा बस्न नसक्ने भएका छन्, भने पहिरोले जोखिमरुप लिएको छ । गाउँलेले अब सुरक्षित स्थान खोज्नुपर्ने बाध्यता भएको छ । रासस