• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले… ★   पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते ★   विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ ★   २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ ★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह ★   एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग ★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना ★   सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर ★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो

भूकम्पले चर्केको जमिन पहिरोे जाँदा गाउँ नै जोखिममा



काठमाडौँ,भदौ ७ । रसुवा जिल्लाको धैबुङ–७ मा भूकम्पले चर्केको जमिन आइतबार साँझ अविरल वर्षाका कारण पहिरो जाँदा पूरै गाउँ नै जोखिममा परेको छ । 

निरन्तर वर्षाले घुम्ती बजारको माथिको ढिस्को र ठूलो ढुङ्गा खस्न गई ठूलो पहिरोका रुपमा परिणत भएको छ । ढुङ्गाले बिजुलीको पोल पनि भाँचेको छ । पहिरोका कारण मानवीय क्षति केही नभए पनि निरन्तर रुपमा पहिरो गइरहेकाले तलको करिब १०० घर गाउँ उच्च जोखिममा पर्नुका साथै पासाङ ल्हामु राजमार्गसमेत अवरुद्ध भएको छ ।
भूकम्पले जमिन फाटेको स्थानमा निरन्तर पानी छिर्दा पहिरोको जोखिम बढिरहेको स्थानीय कृष्ण लामिछानेले बताउनुभयो । पहिरोले गर्दा पानीको मुहानसमेत सुकेकाले खानेपानीको समेत समस्या भएको छ ।
जनैपूर्णिमाको अवसर पारेर गोसाइँकुण्ड जाने भक्तजनका लागि पनि पहिरोले बाटो बन्द भएकाले गाडी जान नपाउने भएकाले असुविधा भएको गोसाइँकुण्ड मेलामा जाने भक्तजनले बताए । पहिरो निरन्तर बगिरहेकाले स्थानीय बासिन्दा घरमा बस्न नसक्ने भएका छन्, भने पहिरोले जोखिमरुप लिएको छ । गाउँलेले अब सुरक्षित स्थान खोज्नुपर्ने बाध्यता भएको छ । रासस