• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo

भारतीय एयर फोर्सको विमान काश्मिरमा दुर्घटनाग्रस्त



श्रीनगर (भारत प्रशासित काश्मिर), ७ भदौ । भारतीय वायु सेनाको सानो विमान सोमबार भारत प्रशासित काश्मिरमा दुर्घटनाग्रस्त भएको समाचार छ ।

इन्डियन एयर फोर्स (आइएएफ) को एमआइजी विमान भारत प्रशासित काश्मिरको एक धान खेतमा दुर्घटनाग्रस्त भएको छ– प्रहरीले बताएको छ ।
काश्मिरको बड्गाम जिल्लाको सोइबगमा सो विमान खसेको हो । त्यसतर्फ उद्वार टोली पुगिसकेको जनाइएको छ । प्रहरी घटनास्थलमा पुगिसकेकोले केही समयपछि नै घटनाको पूर्ण विवरण आउने समाचारमा जनाइएको छ । रासस-सिन्ह्वा