३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

धनगढीमा निषेधाज्ञा, बाँकेमा निषेधाज्ञा घट्यो, रौतहटमा एम्बुलेन्स जलाइयो

धनगढीमा निषेधाज्ञा, बाँकेमा निषेधाज्ञा घट्यो, रौतहटमा एम्बुलेन्स जलाइयो
अ+ अ-

धनगढी, भदौ ८ । कैलालीको टीकापुर नगर क्षेत्रमा सोमबार दिउँसो भएको हिंसात्मक घटनापछि जिल्लाभरिको शान्ति सुरक्षाको स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सदरमुकाम धनगढी नगर क्षेत्रमा अहिले ११ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको उल्लङ्घन गरी हिँड्नेलाई गोलीसमेत हान्ने अधिकार दिएको स्थानीय प्रशासनले जनाएको छ । टीकापुरमा भएको घटनापछि हिजो दिउँसोबाट सो नगर क्षेत्रमा पनि जारी भएको निषेधाज्ञा आदेश यथावत् छ ।

जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकमा भएको सहमति बमोजिम शान्ति सुरक्षाको स्थिति थप बिग्रन नदिन सदरमुकाम धनगढीमा पनि निषेधाज्ञा लगाउनुपरेको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो ।

टीकापुरमा भएको घटनापछि टीकापुर नगर क्षेत्रका साथै आसपासका मुनुवा, जोशीपुर, नारायणपुर, पथलैया, दुर्गौली, धनसिंहपुर, थापापुर, सानिक भजनी र खैलाड तथा बौनिया गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ । यी क्षेत्रमा सोमबार साँझदेखि नै सेना परिचालन गरिएको छ ।

घटनापछि टीकापुर सुनसान

कैलाली जिल्लाको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि स्थानीयवासीमा सन्त्रास फैलिएको छ ।

कसैले कल्पना नगरेको घटना भएपछि स्थानीयवासीमा कतै पुनः त्यस्तैखालको घटना दोहोरिने हो कि भन्ने त्रास देखिएको स्थानीयवासी गीता जोशीले बताउनुभयो ।

बिहानैदेखि बजार सुनसान छ । सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् । जताततै प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति रहेको छ ।

स्थानीय प्रशासनले स्थिति थप बिग्रन नदिन टीकापुर र आसपासको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गर्दै व्यापक रुपमा प्रहरी र सेना परिचालन गरेको छ । टीकापुर नगरपालिका साथै भजनी–त्रिशक्ति नगरपालिका र आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सोमबारको हिंसात्मक घटनालगत्तैबाट त्यहाँ दिउँसोको समयमा समेत निषेधाज्ञा लगाइएको छ । विगत केही दिनदेखि त्यहाँ रातिको समयमा निषेधाज्ञा लगाइएको थियो । यस्तै टीकापुर नगर क्षेत्रमा कुनै सभा जुलुस प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले सोमबार दिउँसोको घटनापछि साँझबाट स्थिति नियन्त्रणमा लिई सामान्य अवस्थामा आइसकेको बताउनुभयो । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सुरक्षाको थप रणनीति बनाउन अहिले जिल्ला सुरक्षा समितिको बैठक डाकिएको उहाँले बताउनुभयो ।

घटनामा परी निधन भएका प्रहरीहरुको शव सम्बन्धित परिवारको जिम्मा लगाउन आवश्यक तयारी गरिएको छ । प्रहरीको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । घटनामा परी घाइते भएका प्रहरीहरुको स्थानीय टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २१ प्रहरी घाइते भएका थिए । घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी गरिएको छ । दुई प्रहरीको अवस्था बढी गम्भीर रहेको छ ।

बाँकेमा पाँच घन्टाका लागि निषेधाज्ञा हटाइयो

जिल्ला प्रशासन कार्यालय बाँकेले गएराति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा दिउँसो २ बजेसम्मका लागि हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकका अनुसार आज दिउँसो २ बजेदेखि भोलि बिहान ६ बजेसम्म पुनः निषेधाज्ञा जारी रहने छ ।
प्रशासनले नेपालगन्जको उत्तर राँझाको भुजइगाउँदेखि दक्षिण जमुनाहासम्म र पूर्वको फुलटेक्रा चोकदेखि पश्चिमको नन्दनी मिलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।
नेपालगन्ज आसपासको क्षेत्र अहिले सामान्य रहेको छ ।

रौतहटमा एम्बुलेन्स जलाइयो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा गएराति एउटा एम्बुलेन्स जलाएका छन् ।

केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगलागीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ । प्रदर्शनकारीले प्रहरीको गोली गठ्ठा तथा अश्रुग्यास बोकेको भन्दै कविर चोकमा एम्बुलेन्सलाई रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए । रासस