२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

संविधानसभामा विधेयकको अन्तिम मस्यौदामाथिको छलफल सुरु, फोरम नेपालको बहिष्कार

संविधानसभामा विधेयकको अन्तिम मस्यौदामाथिको छलफल सुरु, फोरम नेपालको बहिष्कार
अ अ+ अ-

काठमाडौँ, ९ भदौ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि अहिले संविधानसभा भवन बानेश्वरमा बहस र छलफल सुरु भएको छ ।
संविधानसभा भवन बानेश्वरमा विहानदेखि छलफल शुरु भएको हो ।

मंगलवार बसेको चार दलको बैठकले संविधान लेखन प्रक्रिया प्रमुख चार द

लबीच भएको १६ बुँदे सहमतिका आधारमा अघि बढ्ने निर्णय गरेको थियो । सोही सहमतिका आधारमा दलहरुले संविधानको मस्यौदा तयार गरेर जनताको राय सुझाव लिई मस्यौदामा सुधार र परिमार्जनको कामसमेत गरेका थिए ।

प्रमुख राजनीतिक दलका शीर्षनेताहरु सम्मिलित विशेष समिति र राजनीतिक संवाद समितिले तयार पारेको मस्यौदालाई संविधानसभाले स्वीकृति प्रदान गरेपछि संविधान मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार गरेको हो ।

मस्यौदा समितिले तयार पारेको मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफलका लागि यही भदौ ६ गते संविधानसभामा टेबल गरी सभासद्को अध्ययनका लागि तीन दिनको समय प्रदान गरिएको थियो । उक्त मस्यौदामा ३०२ धारा, ३७ भाग र ९ अनुसूची रहेका छन् ।

मस्यौदामाथिकोे छलफल बिहान ८ देखि बेलुका ७ बजेसम्म दैनिक ११ घन्टा चल्ने जानकारी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।छलफल तीन दिनसम्म चल्नेछ । सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । संविधानसभामा हाल ५९८ सभासद् छन् ।

यसअघि संविधानसभाको आजको बैठकको प्रारम्भमै समय मागेर सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् सभासद् अशोक राईले एकतात्मक राज्य प्रणालीलाई सङ्घीयताको ट्याग झुन्ड्याउने काम भएकाले यो संविधान लेखन प्रक्रियाप्रति आफ्नो पार्टीको असहमति रहेको भन्दै बैठक बहिस्कार गरेको घोषणा गरेका थिए ।