• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा ★   नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल ★   नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर ★   आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने ★   चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण ★   धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी ★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर) ★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु ★   समीरको ‘पैसाको उडान’ बजारमा

काँग्रेसको अमरेशलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौँ, भदौ १० । नेपाली काँग्रेसको अनुशासन समितिले सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पु-याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरण सोधिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

कैलालीको टिकापुरमा केही दिनअघि सिंहले दिएको अभिव्यक्तिका विषयमा चौतर्फी आलोचना भएपछि काँग्रेस स्पष्टीकरण सोध्न बाध्य भएको हो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सिंहले कैलाली घटनाको केही दिन अघि सामाजिक सदभावमा खलल पार्ने अभिब्यक्ति दिएको केही दिनभित्रै उनीहरुले भने अनुसार नै हिंसात्मक घटना भएको हो ।

सिंह र यादवलाई सो घटनाको मतियार मानेर कारबाही गर्न पनि चौतर्फी दवाब छ । उनीहरुको दिएको अभिब्यक्ति सम्बन्धी अडियो गृहमन्त्री बामदेव गौतमले संसदमा पनि पेश गरेका छन् । स्पष्टिकरण औपचारिकताका लागि हो वा स्पष्टिकरणपछि काँग्रेसले कारबाही प्रक्रिया अघि बढाउँछ त्यो भने हेर्न बाँकी नै छ ।