९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक विद्यार्थी एक बिरुवा’



अ+ अ-

चन्द्रपुर (रौतहट), ११ भदौ । जिल्लाको एक निजी विद्यालयले अनिवार्य रुपमा एक बिरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको साथी शिक्षा सहकारी संस्थाद्वारा सञ्चालित बाल निकेतन विद्यालयले ‘एक विद्यार्थी एक बिरुवा’ अभियान सञ्चालन गरेको हो । विद्यालयमा अध्ययनरत आठ सय विद्यार्थीले अनिवार्य रुपमा एउटा बिरुवा रोपेर संरक्षण गर्नुपर्ने र बिरुवा संरक्षण गरेबापत अतिरिक्त क्रियाकलापअन्तर्गतको परीक्षामा नम्बर थप गर्ने विद्यालयका प्राचार्य धुव्र सिग्देलले बताउनुभयो ।
विद्यार्थीले रोप्न चाहेको बिरुवा विद्यालयले निःशुल्क उपलब्ध गराउँदै आएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ । विद्यार्थी तथा सम्पूर्ण शिक्षकले विद्यालय परिसर तथा आ–आफ्नो घर तथा जमिनमा बिरुवा रोप्ने अभियान थालेको जानकारी विद्यालयका निर्देशक दीपक रेग्मीले दिनुभयो ।रासस