६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा नेता बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बस्नेतले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

रिपोर्टस क्लबद्वारा आज आयोजित कार्यक्रममा नेता बस्नेतले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिका लागि समग्र राजनीतिलाई दिशा दिन आफूले उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।

 यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने अधिवेशनमा नेता बस्नेतले संविधानले आत्मसात् गरेको समाजवादोन्मुख प्रणालीको प्राप्तिका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समयसापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धति सङ्गत सञ्चालनमा नेतृत्व प्रदान गर्ने बताउँदै नेता बस्नेतले आफूलाई सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता बस्नेतले विगतमा सङ्गठन निर्माणमा आफूले गरेको योगदानस्वरूप अधिवेशनमा देशभरबाट सहभागी हुने प्रतिनिधिबाट मत प्राप्त हुने विश्वास गर्दै आफूले लोकप्रिय मत हासिल गर्ने निकिर गर्नुभयो ।

राष्ट्रिय एकता तथा बामपन्थी पार्टी र समूहहरु बीचको एकता तथा पारस्परिक समझदारीमा अभिवृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरि हितमा केन्द्रित गर्नेलगायत विषयमा आफूले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।