२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्ने काम सरकारको भएको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धि राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानव अधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाईं सचेत गराए ।

उनले मानव अधिकारको सम्मान गरेर अघि बढ्ने काममा केन्द्रित हुन व्यवसायीहरुलाई पनि निर्देश गरे । अध्यक्ष मगरले आयोगको मानव अधिकारको उल्लंघन गरेमा दोषीलाई कारबाही गर्नका लागि सरकारलाई आवश्यक निर्देशन दिने पनि गरिरहेको बताए।

उनले भने, “मानव अधिकारको संरक्षण, सम्वद्र्धन गर्ने काम सरकारको हो । सरकारले यसको व्यवस्था गर्नुपर्दछ । व्यवसाय सञ्चालन गर्दाखेरी कुनै किसिमबाट मानव अधिकार हनन हुन गएको छ भने त्यसको सरकारले निगरानी राख्नुपर्दछ । त्यसै गरेर व्यवसाय गर्ने विजनेसम्यानहरुले पनि आफनो विजनेस सञ्चालन गर्दा मानव अधिकारको हनन हुन दिनु हुँदैन । त्यसको सम्मान गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर व्यवसायीहरुले अघि बढ्नुपर्ने हुन्छ । त्यसो भएन भने कसरी मानव अधिकार हनन भयो ? भन्नेकुराहरु आउँछ । त्यसमा आयोगले हेर्नुपर्ने हुन्छ ।”

अध्यक्ष मगरले सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्न उपभोक्ताको मानव अधिकार हनन हुन दिन नहुने पनि बताए ।