१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा नेता बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बस्नेतले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

रिपोर्टस क्लबद्वारा आज आयोजित कार्यक्रममा नेता बस्नेतले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिका लागि समग्र राजनीतिलाई दिशा दिन आफूले उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।

 यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने अधिवेशनमा नेता बस्नेतले संविधानले आत्मसात् गरेको समाजवादोन्मुख प्रणालीको प्राप्तिका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समयसापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धति सङ्गत सञ्चालनमा नेतृत्व प्रदान गर्ने बताउँदै नेता बस्नेतले आफूलाई सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता बस्नेतले विगतमा सङ्गठन निर्माणमा आफूले गरेको योगदानस्वरूप अधिवेशनमा देशभरबाट सहभागी हुने प्रतिनिधिबाट मत प्राप्त हुने विश्वास गर्दै आफूले लोकप्रिय मत हासिल गर्ने निकिर गर्नुभयो ।

राष्ट्रिय एकता तथा बामपन्थी पार्टी र समूहहरु बीचको एकता तथा पारस्परिक समझदारीमा अभिवृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरि हितमा केन्द्रित गर्नेलगायत विषयमा आफूले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।