९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीको ध्यान सोलारतिर, सचिवको जोड डिजेल प्लान्ट



अ+ अ-

काठमाडौं, भदौ १८ । वर्षातको समयमा समेत दैनिक सात घण्टाभन्दा बढी लोडसेडिङको समस्या भोगिरहेका सर्वसाधारणका लागि लोडसेडिङ न्युनीकरण गर्ने योजनामा समेत उर्जामन्त्री राधा ज्ञवाली र सचिव राजेन्द्रकिशोर क्षेत्रीविच विवाद देखिएको छ ।

सरकारले आगामी हिउँदमा दैनिक ८ घन्टा र नेपाल विद्युत प्राधिकरणले दैनिक १३ घण्टासम्म लोडसेडिङ गर्ने सार्वजनिक गरेर जनतामा त्रास फैलाइरहेका बेला मन्त्री र सचिवविच विवाद देखिएको हो ।

मन्त्रीले सोलार र सचिवले डिजेल प्लान्टतिर जोड दिएका छन् । मन्त्री ज्ञवालीसंगै छलफल गरेर राष्ट्रिय विकास समधान समितिको पूर्वतयारी बैठकमा सरकारले घोषणा गरे अनुसार आगामी दुई वर्षभित्र लोडसेडिङ न्यूनीकरण गर्ने सम्भावना नरहेको भन्दै १५० मेगावाटको थर्मल प्लान्ट स्थापना गर्ने प्रस्ताव उर्जा सचिव क्षेत्रील गरेका थिए ।

पहिले सचिवको प्रस्तावप्रति सकारात्मक रहेकी मन्त्री ज्ञवाली पछि भने ३ सय मेगावाट क्षमताको सोलार ल्याउने पक्षमा उभिएको समाचार आजको राजधानी दैनिकमा छ ।