• २० असार २०७९, सोमबार
  •      Mon Jul 4 2022
Logo
Latest
★   राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र सम्मृद्धि सम्भव छ, वरिष्ठ उपाध्यक्ष ढकाल ★   ठाउँको अभावमा आलोपालो गरी सुत्छन् कैदीबन्दी ★   भिमादका एक सय बढी घरधुरी उच्च जोखिममा ★   एकीकृत समाजवादीले बागमती छोडेर सुदूरपश्चिम दाबी गर्ने ★   जसपाले मन्त्री हेरफेर गर्दै, नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाइयो ★   प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने ★   हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन ★   दशरथचन्द राजमार्ग सञ्चालनमा ★   मधेस प्रदेशमा पुन: ‘छोरी शिक्षा बीमा’ सुरु ★   बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोली लागी युवकको मृत्यु



काठमाडौं, भदौ १९ । अमेरिकाको हटसन सहरमा बन्दुकसँग सेल्फी खिच्ने क्रममा एक युवकको गोली लागी मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

टेक्सासका १९–वर्षीय डेलियन एलेन्सो स्मिथले मंगलबार दिउँसो हटसन दक्षिणपश्चिम इलाकामा अवस्थित एउटा अपार्टमेन्टमा बन्दुकको नाल आँफ्नो घाँटीमा तेर्साइ फोटो लिँदैगर्दा अकस्मात बन्दुक पड्किएपछि मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट स्मिथले एउटा बन्दुक पाएपछि बन्दुकले आँफ्नो घाँटीमा ताक्र्दै सेल्फी (फोटो) लिँदै थिए ।

तर, अकस्मात बन्दुक पड्किएपछि उनको मृत्यु भएको थियो । सेल्फी अनलाइन पोर्टलमा राख्नका लागी खिचिएको हुनसक्ने प्रहरीले जनाएकोे छ ।

स्मिथले फोटो लिँदै गर्दा उनका भतिज भने सँगै रहेको अर्को कोठामा बसिरहेको बुझिएको छ । (एजेन्सी)