३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

डाँगीको कीर्तिमान चिरकालसम्म रहने छ : प्रधानमन्त्री

डाँगीको कीर्तिमान चिरकालसम्म रहने छ : प्रधानमन्त्री
अ+ अ-

फोटोः रासस ।

काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले शनिबार विज्ञप्ति जारी गरी उनको दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा स्वजनप्रति समवेदना व्यक्त गरेका छन् ।

होचो शारीरिक कदको अग्लो विश्व कीर्तिमान लिएर डाँगीले नेपालको झन्डा विश्वमा फहराउँदै फैलाएको नेपालको कीर्तिमान चिरकालसम्म रहने विश्वास उनले व्यक्त गरेका छन् ।

‘उहाँको सो कीर्तिमानले अस्वाभाविक शारीरिक कद, अपांगता र अन्य समस्या रहेकाहरुसहित सबै नेपालीलाई उच्च मनोबल, नैतिकता, इमान्दारी, साहस र धैर्यका साथ कर्ममा समर्पित भएमा सबैले आफ्नो व्यक्तित्व विकास गरी राष्ट्रको कीर्ति फैलाएर मुलुकका लागि योगदान पुर्‍याउन सकिने रहेछ भन्ने सन्देश दिएको छ’–विज्ञप्तिमा भनिएको छ । रासस