२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

तराईका चरा संकटमा

तराईका चरा संकटमा
अ अ+ अ-

काठमाडौं, भदौ २० । खेतबारीमा विषादीको बढ्दो प्रयोग र चोरी सिकारीका कारण तराईमा पाइने चरा संकटमा परेको पाइएको छ । सिमसार तथा घाँसे भूमिको कमी र जनसंख्या वृद्धिका कारण कोलाहलपूर्ण वातावरणले तराईमा पाइने धेरै जातका चरा संकटमा परेको एक प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पक्षी संरक्षण संघले संकलन गरी सर्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा हाल एक सय ४९ प्रजातिका चराचुरुंगी संकटापन्न सूचीमा परेको खबर आइतबारको नयाँ पत्रिकामा समाचार छ ।
बासस्थान विनाशकै कारण ८४ प्रतिशत अर्थात् एक सय २८ प्रजातिका चरा संकटापन्न भएको पक्षी संरक्षण संघले जनाएको छ । बाँकी चरा विषादीको प्रयोग र चोरी सिकारीका कारण संकटमा परेको हिमालय नेचरका अध्यक्ष तथा वरिष्ठ चराविद् डा. हेमसागर बरालको भनाइ छ । उनले तराईपछि पहाड र हिमाली क्षेत्रमा पाइने चरा पनि संकटापन्न अवस्थामा रहेको बताए ।
नेपाल पक्षी संरक्षण संघका अनुसार नेपालमा कुल आठ सय ७१ प्रजातिका चरा पाइन्छ । त्यसमध्ये ६ सय ५० प्रजातिका चरा सधैँ नेपालमै बस्ने गर्दछन् । एक सय ५० प्रजातिका चरा हिउँदे र ६५ प्रजातिका चरा गर्मीमा बसाइसराइँ गरी नेपाल आउने आगन्तुक चरा हुन् ।
चराहरूको अस्तित्व संकटमा पर्नुको मुख्य कारण ‘डाइक्लोफेनिन औषधिको प्रयोग, बालीनालीमा विषादीको बढ्दो प्रयोग र वन विनाश नै मुख्य कारण भएको संघले जनाएको छ ।