• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   नायग्रा फल्सका रधुनाथ,नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने

बालुवा चोरी गर्ने ८ जना ट्याक्टरसहित पक्राउ



रुपन्देही, भदौ २१ । तराईमा जारी आन्दोलनको सुरक्षामा प्रहरी खटिएको मौका छोपी रुपन्देही जिल्लाका विभिन्न नाकाबाट नदीजन्य पदार्थ चोरी गर्ने पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले विभिन्न स्थानबाट आठ जनालाई ट्र्याक्टरसहित पक्राउ गरेको आइतबार साँझ जनाएको छ । जिल्लाका विभिन्न स्थानमा नदीजन्य पदार्थ गिट्टी, बालुवा, मिस्कट उत्खनन गरी ट्र्याक्टरमा लोड गरिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लु २ त ७९७५ ट्र्याक्टरका चालक वेदनारायण थारु, लु २ त ९७२७ का बलबहादुर थारु, लु २ त ७४०४ का गणेशकुमार थारु, लु २ त १३० का जीतेन्द्र यादव, लु २ त ४३०९ का गौरव यादव, लु २ त ९७३२ का सरोज गौड, लु १ त ९१६८ का चन्द्रशेखर सहनी र लु ३ त २४८३ का रमेश लोध रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले जिल्ला तथा मातहतका प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरु माथि अनुसन्धान भइरहेको बताउनुभयो । रासस