• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

बालुवा चोरी गर्ने ८ जना ट्याक्टरसहित पक्राउ



रुपन्देही, भदौ २१ । तराईमा जारी आन्दोलनको सुरक्षामा प्रहरी खटिएको मौका छोपी रुपन्देही जिल्लाका विभिन्न नाकाबाट नदीजन्य पदार्थ चोरी गर्ने पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले विभिन्न स्थानबाट आठ जनालाई ट्र्याक्टरसहित पक्राउ गरेको आइतबार साँझ जनाएको छ । जिल्लाका विभिन्न स्थानमा नदीजन्य पदार्थ गिट्टी, बालुवा, मिस्कट उत्खनन गरी ट्र्याक्टरमा लोड गरिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लु २ त ७९७५ ट्र्याक्टरका चालक वेदनारायण थारु, लु २ त ९७२७ का बलबहादुर थारु, लु २ त ७४०४ का गणेशकुमार थारु, लु २ त १३० का जीतेन्द्र यादव, लु २ त ४३०९ का गौरव यादव, लु २ त ९७३२ का सरोज गौड, लु १ त ९१६८ का चन्द्रशेखर सहनी र लु ३ त २४८३ का रमेश लोध रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख राजेन्द्र ढकालले जिल्ला तथा मातहतका प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरु माथि अनुसन्धान भइरहेको बताउनुभयो । रासस